Hot News
लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित ; हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख
Home > News > National

भूकम्पअघि नै सरकारको पूर्व तयारी थियो: गृह मन्त्रालय

Tuesday, 06.02.2015, 01:17pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, १९ जेष्ठ ०७२

भूकम्पपछिको विपद् व्यवस्थापन गर्न सरकारले कुनै तयारी नगरेको भन्ने गुनासो आइरहेका बेला सरकारले भने त्यसका लागि आवश्यक नीतिगत, संरचनागत र व्यवस्थापकीय तयारी गरेको जिकिर गरेको छ ।गत वैशाख १२ को भूकम्प आउनुअघि नै आठ दश वर्षभित्रमा काठमाडौँ वा वरपर केन्द्रबिन्दु बनाएर ८ रेक्टर स्केलसम्मको भूकम्प आउँछ भन्ने जोखिमलाई ध्यानमा राखी खोज तथा उद्धार क्षमता विस्तार गरिएको गृह मन्त्रालयले जनाएको छ । 'विपत्तिको तयारीका लागि भूकम्पअघि नै नेपाल प्रहरीमा छुट्टै विपद् व्यवस्थापन गण र सशस्त्र प्रहरीमा विपद् व्यवस्थापनसम्बन्धी तालिम केन्द्र सञ्चालन सुरु गरिसकिएको थियो,' गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगालले आज रासससँग कुरा गर्दै भने । त्यस्तै नेपाली सेनामा यसअघि नै विपद् व्यवस्थापन महानिर्देशनालय क्रियाशील छ ।काठमाडौँको बस्ती घना र अव्यवस्थित छ । काठमाडौँ उपत्यकामा झन्डै ४० लाख मानिस बस्छन् । काठमाडौँ महानगरमा करिब दुई लाख ३० हजार घरधुरी छ । काठमाडौँमा चार लाख ३६ हजार ३४४, भक्तपुरमा ६८ हजार ६ सय ३६ र ललितपुर जिल्लामा एक लाख नौ हजार ७९७ घरधुरी छ । दंगालले भने, ' भूकम्पबाट हुनसक्ने क्षतिलाई ध्यानमा राखी महाशाखाले राजधानीका ८३ खुला स्थानलाई विशेष क्षेत्र तोकी सो स्थानमा पानी तथा अन्य सामग्रीको व्यवस्थापन गरिसकेको थियो ।'तीन महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानवीय सहायता कक्ष स्थापना भयो । त्यस्ता मानवीय कक्ष खुमलटार र त्रिविमा तयार भइसकेका छन् । भक्तपुरमा भने बनाउने योजना थियो ।सरकारले विपत्तिमा अन्तर्राष्ट्रिय सहयोग कसरी लिने भन्नेसम्बन्धी राष्ट्रिय विपद्प्रति कार्यान्वयन ढाँचा लागू गरेको थियो । महाशाखा प्रमुख दंगालले भने, 'विपद्मा खोज र उद्धारमा आउने विदेशी सेनासँग समन्वयार्थ सेनाको नेतृत्वमा बहुराष्ट्रिय सेना समन्वय केन्द्रको प्रावधान छ ।'गृह मन्त्रालयअन्तर्गत गठित राष्ट्रिय आपत्कालीन उद्धार केन्द्रको स्थापनाले भूकम्पपछि २४सै घन्टा आवश्यक उपकरणका साथ सुरक्षित रुपमा काम गर्न सकिएको मन्त्रालयको भनाइ छ । त्यस्तै ५५ जिल्लामा जिल्ला आपत्कालीन उद्धार केन्द्र स्थापना भइसकेको छ ।'विपद्का बेला मुलुकमा रेडक्रससँग रहेका २० हजार थान त्रिपाल मात्र भएकाले सरकारलाई त्रिपालको व्यवस्थापन गर्न कठिनाइ भयो, प्रायः विपद्मा त्यसैले काम चल्ने भएकाले त्यसमा खासै तयारी नभएकाले वैशाख १२ को विपद्पछि युद्धस्तरमा खोजी गरी पूर्ति गरियो,' उनले भने ।विपद्मा आवश्यक पर्ने खाद्य सामग्रीको पूर्ति गर्न महाशाखाले सार्क खाद्य सुरक्षा बैंकका लागि नेपालको खाद्य संस्थानले राखेको जगेडा खाद्य सामग्री र बजारमा उपलब्ध सामानले पूर्ति गर्ने योजना बनाएको थियो ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top