Hot News
बेलायतमा आदिबासी महिलाले मनाए नारी दिवस ; समानुपातिक प्रतिनिधित्वका लागि तीन प्रतिशत 'थ्रेस होल्ड' एक सिट जित्नै पर्ने ; डीआईजीमा चन्दको बढुवा बदर ; कार दुर्घटनामा हङकङबासी विष्णु कुमार लिम्बुको मृत्यु ; युनाइटेड क्लबको ३३ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न
Home > News > National

काँस्थलीमा रातह वितरण

Thursday, 05.28.2015, 08:11am (GMT+6.5)    | Comment | Print | Tell friend

रामेछाप, १३ जेठ ०७२

रामेछाप जिल्लाको कुबुकाँस्थली गाविस काँस्थली गाँउमा महाभूकम्पबाट प्रभावित तथा पिडितहरूलार्इ राहत वितरण गरिएको छ ।बगैँचा डटकमका समाचारदाता तथा प्रतिनिधि राजन सुनुवार, नितेश सुनुवार तथा राजु गुरूङ्गको संयुक्त पहलमा साङ्गपा फाउण्डेसन, कर्मा ओसलिन मलेसिया तथा मनाङ मर्स्याङ्दी क्लबको संयुक्त सहयोगमा राहत वितरण गरिएकोछ ।नितेश सुनुवारको अगुवाइमा गएका फाउण्डेसनका सदस्य लामाहरू तथा मनाङ मर्स्याङ्दी क्लबका प्रतिनिधि कर्मा वाङ्छुक गुरूङ्ग,कर्मा ओसलिन मलेसिया प्रतिनिधि नोर्साङ सहितको ११ सदस्यको टोलीले राहत वितरण गरेको हो । काँस्थलीका ३०० घर परिवारलार्इ परिवार संख्याका आधारमा त्रिपाल, टेन्ट, ब्याङ्केट, चामल, दाल, नुन, तेलका पोका वितरण गरेको थियो । राहत वितरण सुरूवात हुनु अघि गाँउलेहरूले राहत वितरण टोलीलार्इ स्वागत गरेका थिए । रातहको वितरणको कार्यक्रमको सुरूवात स्थानीय नेता हिक्मत सुनुवार, कर्मा ओसलिन मलेसियाका प्रतिनिधि नोर्साङ तथा मनाङ मर्स्याङ्दी क्लबका प्रतिनिधि कर्मा वाङ्छुक गुरूङ्गले संयुक्त रूपमा हस्तान्तरण गरी सुरूवात गरिएको थियो । राहत वितरण पश्चात राहात टोलीले स्वास्थ्य उचार तथा औषधि वितरण समेत संचालन गरेको थियो । स्वास्थ्य परिक्षणमा रूघा खोकि, टाउको दुख्ने, मानसिक, जोड्नीका समस्या भएका मानिसहरूको संख्या बढि रहेका टोलीका एक सदस्यले जानकारी दिए ।उपचार चिनियाँ पद्धतिबाट गरिएको थियो ।यस्तै टोलीले स्थलगत निरक्षण गरि पुर्णरूपमा घर ध्वस्त भएका परिवारलार्इ टेन्ट टाँगी टेन्ट हस्तान्तरण समेत गरेको थियो । सहयोग पाउने एक वृद्भले भनिन 'केही बाँकी छैन सबै भूकम्पले पुर्यो यस्तो बेला तपार्इहरूले सहयोग गर्नु भयो कहिले नदेखेको समान पनि दिनु भयो ।' हात जोड्दै उनले भनिन् 'धेरै धेरै धन्यवाद तपार्इहरूको सधै भलोहोस।' यस्तै युवा सिद्धार्थ सुनुवारले यो राहत सहयोले गाँउमा धेरै राहत मिलेको र यो वितरण कार्यक्रम निकै प्रभावकारी भएको बताए । सहयोग पाए पछि गाँउलेहरू निकै खुसि ब्यक्त गर्दै राहत वितरण टोलीलार्इ धन्यवाद दिएका थिए । यस्तै राहत वितरणका टोलीले समेत खुसि व्यक्त गर्दै राहतका कार्यक्रम सफल भएको बताए ।

महाभूकम्पले रामेछाप जिल्लामा भौतिक क्षति निकै भएको छ ।रामेछापका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मुरासैनीका अनुसार रामेछाप जिल्लामा बैशाख १२,१३ र २९ मा आएको महाभूकम्पले मृत्यु हुनेको संख्या ३९ कूल घाइते १३३ घर क्षति ४७,००० रहेको जानकारी दिनु भयो ।महाभूकम्पले हाल सम्म कूल मृत्यु हुनेको संख्या : ८,६७६ पुगेको छ जसमध्ये महिला : ४,७८१ र पुरूष : ३,८९४ छन् । कूल घाइते : २१,९५२ छन् भने घर क्षति हुनेको संख्या : ५,००,७१७ पुगेको छ । 


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top