Hot News
धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी ; नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने ; सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन ; मन्त्रिपरिषद्को बैठक बस्दै अस्थायी राजधानी तोक्ने तयारी
Home > News > National

२ तलाभन्दा माथि घर बनाउन रोक

Monday, 05.18.2015, 08:45pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौँ, ४ जेठ ०७२

सरकारले नयाँ भवन निर्माण प्रक्रियामा रोक लगाएको छ । भूकम्पका कारण ठूला-ठूला घर भत्केपछि सरकारले तत्कालका लागि २ तलाभन्दा माथि घर बनाउन रोक लगाएको छ। स्थानीय विकास मन्त्रालयले सोमबार सबै नगरपालिका र जिल्ला विकास समितिलाई परिपत्र जारी गर्दै २ तलाभन्दा माथि घर बनाउन  रोक लगाएको हो। असार मसान्तसम्मका लागि रोक लगाइएको र त्यसबेलासम्म भवन निमार्णको स्वीकृति पनि नदिइने र भूकम्पअघि निवेदन दिएर नक्सा पास भइसकेकालाई पनि काममा रोक्न समेत मन्त्रालयले परिपत्र गरेको हो। भूकम्प प्रतिरोधात्मक र वातावरणमैत्री घर बनाउन भने २ तलासम्मको अनुमति दिइने मन्त्रालयले जनाएको छ। साथै मन्त्रालयले मापदण्ड मिचेर बनाइएका र जोखिम युक्त पर्खाल यथासक्य चाडो भत्काउन पनि मातहतका निकायलाई निर्दैशन दिएको छ। आगामी वर्षदेखि जग्गा प्लटिङ गर्दा ओपेन स्पेस राख्नुपर्ने प्रावधान पनि मन्त्रालयले अघि सारेको छ। भत्केका र असुरक्षित घर साउनपछि भत्काउने र माटो परीक्षणपछि कत्ति तलाको घर बनाउन दिने भन्ने विषयमा अनुमति त्यत्ति बेला नै दिइने मन्त्रालयले जनाएको छ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top