Hot News
ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित ; २६ जिल्लामा जनजीवन अस्तब्यस्त
Home > News > National

संखुवासभा समाज हङकङको १९ औं वार्षिक उत्सव सम्पन्न

Thursday, 04.23.2015, 10:42pm (GMT+6.5)    | Comment | Print | Tell friend

टोपबहादुर याक्खा
        १९ अप्रिल, हङकङ–  संखुवासभा समाज हङकङद्धारा नयाँ वर्ष २०७२ सालको अवसरमा मंकिहिलमा जिल्लाबासीहरु बीच एक आपसमा शुभकामना आदानप्रदान गर्दै समाजको १९ औं वार्षिक उत्सव भव्यताका साथ मनाए ।
        समाजका अध्यक्ष कर्ण कोरङ्गीको सभापतित्वमा सम्पन्न छोटो औपचारिक कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापा प्रमुख अतिथि रहेका थिए भने अन्य अतिथिहरुमा हङकङ नेपाली महासंघकी उपाध्यक्ष रिता गुरुङ, बगैचा डटकमका प्रधान सम्पादक नरेश सुनुवार, समाजका ज्येष्ठ नागरिक जित बहादुर गुरुङ,  संखुवासभा दिदीबहिनी समुह हङकङकी अध्यक्ष पवित्रा गुरुङ, संखुवासभा तमु समाज हङकङका कोषाध्यक्ष भविना गुरुङ, लोहोरुङ याखावा युयोङ हङकङका अध्यक्ष जित बहादुर राई, किरात याक्खा छुम्मा हङकङका अध्यक्ष पूर्ण प्रसाद देवान, किरात सुनुवार समाज हङकङका उपाध्यक्ष नविन सुनुवारका साथै राज कुमार राई उपेन्द्र कोरङ्गी, प्रेम कोरङ्गी लगायतका समाजका सल्लाहकारहरु रहेका थिए ।
        समाजका उपाध्यक्ष टोपबहादुर याक्खाको छोटो श्वागत मन्तव्यसंगै सभापति, प्रमुख अतिथि र अतिथिहरुद्धारा एकसाथ पटेका पड्काएर कार्यक्रमको उद्धघाटन गरिएको थियो भने त्यस लगत्तै वहाँहरुबाटै समाजको मुख–पत्र “हाम्रो संखुवासभा” वर्ष–९, अंक–८ को विमोचन समेत गरिएको थियो ।
         कार्यक्रमका प्रमुख अतिथि प्रदिप थापा लगायत अन्य अतिथिहरु पवित्रा गुरुङ, जित बहादुर राई, पूर्ण प्रसाद देवान, रिता गुरुङ, राज कुमार राई, नरेश सुनुवार, उपेन्द्र कोरङ्गी, प्रेम कोरङ्गी आदिले शुभकामना मन्तव्य राख्दै नव वर्ष २०७२ सालको अवसरमा सबैमा सुख, शान्ति र समृद्धी कामना गरेका थिए भने अन्त्यमा सभापति कर्ण कोरङ्गीले सबैमा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउँन उपस्थित अतिथि लगायत समस्त जिल्लाबासी दाजुभाइ तथा दिदीबहिनीहरुलाई एकमुष्ठ धन्यवाद दिदै कार्यक्रम समापनको घोषणा गरेका थिए । 
         समाजका सचिवको अनुपस्थिती कारण उपाध्यक्ष टोपबहादुर याक्खाले संचालन गरेको कार्यक्रममा अध्यक्ष कर्ण कोरङ्गीद्धारा १५ जना नयाँ आजिवन सदस्यहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।
        सशुल्क बि.बि.क्यू. को व्यवस्था समेत रहेको उक्त कार्यक्रममा औपचारिक कार्यक्रमको अन्त्यसंगै जिल्लाबासीहरुद्धारा करिब १० बजे सम्म चर्चिच एकादशी बजारैमा...लगायतका गीतहरुमा एकल तथा सामुहिक नृत्यहरु प्रस्तुत गर्दै भरपुर मनोरञ्जन लिएका थिए ।





Hot News

 

SEARCH

Newsletter

Top