Hot News
युवा विद्यार्थी अनन्त गुरुङको निबन्ध संग्रह “अ योङग डिस्सिडेन्ट” विमोचित ; चिनियाँ जनमुक्ति सेनाको टोली नेपालमा ; सरकारी वकिल र ट्रेड युनियनले थाले आन्दोलन, कसले गर्छ सरकारको मुद्दामा वहश ? ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो
Home > News > National

एसिड फाल्ने युवक पत्रकार सम्मेलनमा नै ढले

Saturday, 03.21.2015, 08:28am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, चैत्र ०७१

फागुन १० गते काठमाडौंको वसन्तपुरमा दुई जना किशोरीमाथि एसिड फाल्ने युवकलार्इ नेपाल प्रहरीले हिजो पत्रकार सम्मेलन गरि सार्वजानिक गरिएको छ । एसिड फाल्ने युवक रामेछापको फुलासी ८ का जीवन बिक छन् ।उनी प्रहरीको लामो अनुसन्धानपछि पक्राउ परेका हुन। बिक महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा गरिएको पत्रकार सम्मेलनमा नै ढलेका थिए । हतकडी लगाएको अवस्थामा बेहोस भएर ढलेका बिकको मुहार भने असिलो देखिन्थ्यो । प्रहरीले उनलार्इ शक्रबार राति काठमाडौँ टोखास्थित उनी बस्दै आएको कोठाबाट पक्राउ गरेको थियो। बिक ढलेलगत्तै प्रहरीले उनलाई प्रहरी अस्पताल पुर्याइएको थियो। प्रहरीका अनुसार उनी डिप्रेसनको औषधि सेवन गर्दैछन् ।   प्रहरीका अनुसार राजधानीमा टोखामा बस्दै आएका २० वर्षीय बिकले संगीतासँगको प्रेमसम्बध टुटेको र आफ्ना आमाबाबुमाथि गरिएको अपमानको बदला लिन एसिड आक्रमण गरेको बताएका छन् । सीमा र हिमुलाई नराम्रो गर्ने उनको कुनै योजना नभएको प्रहरीको भनाइ छ।अनुसन्धानको नेतृत्त्व गरिरहेका महानगरीय अपराध महाशाखाकी एसपी मीरा चौधरीका अनुसार प्रेम प्रतिशोधमा बदलिनु नै एसिड आक्रमणको मुख्य कारण हो।एसपी चौधरीका अनुसार जीवन र संगीताको परिवार झोछेँको ओडान चोकमा २०६९ सालदेखि एउटै घरमा भाडामा बस्थे। दुवै परिवारले एक-एक कोठा भाडा लिएको थियो। माथिल्लो तलामा संगीताको परिवार बस्थ्यो, तल्लो तलामा जीवनको परिवार।जीवनका बुबाआमा न्युरोडमा चिया बनाएर बेच्छन्। संगीताका बुबाआमाचाहिँ क्याटरिङमा काम गर्छन्।जीवनको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएअनुसार अहिले बिबिएस प्रथम वर्षमा पढिरहेका जीवनले कुनै समय संगीतालाई ट्युसन पढाउँथे। त्यसै क्रममा उनीहरू नजिकिए। उनीहरूबीच प्रेमसम्बन्ध बन्यो। जीवनले गरेको दाबीलाई प्रहरीले संगीताबाट भने पुष्टि गराइसकेको छैन। उनको एसएलसी र स्वास्थ्यका कारण प्रेसर दिएर सोध्न नसकिएको एसपी चौधरीले बताइन्। प्रहरीका अनुसार संगीताका भाइ सन्तोष गाँजा र चुरोटको कुलतमा थिए। उनी पुनर्स्थापना केन्द्रमा बसेर फर्किएका हुन्। जीवन र संगीताको सम्बन्धबारे सन्तोषले सुइँको पाए। यही विषयलाई लिएर सन्तोषले ब्ल्याकमेल गर्न थाले।  उनले जीवनसँग गाँजा-चुरोटका लागि पैसा माग्न थाले। सुरु-सुरुमा जीवनले पैसा दिए पनि पछि उनीहरूको मनमुटाव भयो। सन्तोषले जीवनबारे बाबुआमालाई भनिदिए। यी दुईबीचको सम्बन्ध पारिवारिक कलहको कारण बन्यो। २०६९ सालमा दुवै परिवारबीच झगडा भयो।प्रहरीका अनुसार झगडामा संगीताले जीवनको बुबालाई हात हालिन्। झगडा प्रहरी कार्यालयसम्म पुग्यो। जनसेवाको प्रहरी प्रभागले टोलको झगडा भनेर मिलापत्र गराएर पठाइदियो।त्यही घटनाको बदला लिन जसरी भए पनि संगीताको सुन्दरता नष्ट गर्ने लक्ष्य बनाएको जीवनले प्रहरीलाई दिएको बयानमा भनेका छन्। आफूलाई हेप्ने संगीताको परिवारसँग सम्बन्धित अन्य दुईलाई पनि क्षति पुर्‍याउने उनको योजना थियो। एसिड आक्रमनबाट गम्भीर घाइते दुवै छात्रा उपचारकै क्रममा अस्पतालमा छन् । दुवैजना बिहीबार सुरु भएको एसएलसी परीक्षा अस्पतालबाटै दिइरहेका छन् ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top