Hot News
पहिरोले गर्दा बिपी राजमार्ग अवरुद्ध ; गोदावारी मा जमे पाचँथरे ; कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिराहामा ; निर्वाचन मिति घोषणा अघि संविधान संशोधन हुनुपर्छ : मधेशी मोर्चा ; पहिलो पटक निर्वाचन दिवस मनाउदै सरकार
Home > News > National

आजबाट एसएलसी परीक्षा सुरू, ५ लाख ७४ हजार ६८५ परीक्षार्थी सहभागी

Thursday, 03.19.2015, 10:22am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौँ, ५ चैत ०७१

यस वर्षको प्रवेशिका (एसएलसी) परीक्षा आजदेखिबाट सुरु भएको छ। यस वर्षको परीक्षामा कुल पाँच लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी छन्, जसमा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी कुल चार लाख २६ हजार २१४ जना परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । एक्जाम्टेडतर्फ भने छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी कूल एक लाख ४५ हजार १८३ जना सहभागी हुने भएका छन् । प्राविधिकतर्फ भने छात्र दुई हजार ३७ जना र छात्रा तर्फ एक हजार २५१ जना गरी कुल तीन हजार २८८ जना परीक्षामा सहभागी हुनेछन्। परीक्षार्थीमध्ये सबैभन्दा बढी काठमाडौँमा ३४ हजार ५८७ र सबैभन्दा कम मनाङमा ७४ जना रहेका छन् ।यसवर्षका परीक्षाका लागि देशभर कूल एक हजार ८६२ वटा परीक्षा केन्द्र कायम गरेको परिक्षा नियन्त्रक  विष्णुबहादुर द्वारेले जानकारी दिए, जसमा सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौँमा ९१ र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक˗एक वटा केन्द्र कायम गरिएको छ । परीक्षाका लागि २७ हजार ९३० जना सुरक्षाकर्मी, एक हजार ८६२ जना केन्द्राध्यक्ष, दुई हजार ४४० सहायक केन्द्राध्यक्ष, २३ हजार १४ जना निरीक्षक र सात हजार ६९९ जना कार्यालय सहायक परिचालन गरिने भएको परीक्षा नियन्त्रक द्वारेले जानकारी दिए।

यस्तो छ परीक्षा तालिका

चैत ५ गते - अनिवार्य अंग्रेजी

चैत ६ गते - अनिवार्य नेपाली

चैत ८ गते - गणित

चैत ९ गते - विज्ञान

चैत १० गते - सामाजिक

चैत ११ गते - स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा

चैत १२ गते - ऐच्छिक प्रथम

चैत १३ गते - ऐच्छिक दोस्रो


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top