Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > National

हिजो शनिबार बेलुकी ७ बजेदेखि अन्तर्राष्ट्रिय उडान सुचारु

Sunday, 03.08.2015, 09:34am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, २४  फाल्गुन ०७१

अवतरणका क्रममा धावनमार्गको चौरमा धस्सिएको टर्किस एयरको विमानका कारण बन्द भएको अन्तर्राष्ट्रिय उडान ८३ घण्टापछि शनिबार बेलुकी ७ बजेदेखि सुचारु भएको छ ।भारतबाट झकिाइएका एयर इन्डियाको २५ जनाको प्राविधिक टोलीको ५४ घण्टासम्म लगातारको मेहनत र शनिबार दिउँसो भारत हुँदै आइपुगेको टर्किस एयरका ७ प्राविधिक टोलीको पहलमा साँझ विमानलाई निकाल्न सकिएको हो । विमान निकाल्न ४ सय नेपाली सेना, ३ सय ६० प्रहरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको स्पेनिस कम्पनी सान्जोसे र तुन्डीका सय हाराहारी कामदार, नेपाल वायुसेवा निगमसहित हजार हाराहारी जनशक्तिसमेत चार दिनसम्म खटिएको थियो । सबै निकायसँग नागरिक उड्डयन प्राधिकरणले समन्वय गरेको थियो ।निकालिएको विमानलाई शनिबार साँझ सडक विभागको लरीमा राखेर धावनमार्गबाट करिब एक किलोमिटर दूरीको आन्तरिक टर्मिनलमा पुर्‍याएको छ ।विमान किनारा लगाएपछि विमानस्थलले साढे ७ बजेदेखि 'रन-वे क्लियर' भएको जानकारी गराउँदै नेपालमा उडान भर्दै आएका १४ मुलुकका २५ वटा हवाई सेवा कम्पनीलाई उडान सुचारु गर्न भनेको थियो । फिल्ड इञ्चार्ज देवचन्द्र लाल कर्णका अनुसार साँझ ६ बजे टर्किस विमानलाई किनारा लगाइएपछि रन-वेका बत्ती मर्मत र सफाइ गरी साढे ७ बजेदेखि 'सेड्युल फ्लाइट' खुल्ला गरिएको थियो ।महानिर्देशक रतिशचन्द्र लाल सुमनले शनिबार दिउँसो पत्रकार सम्मेलनमा साँझसम्म उडान सुचारु जानकारी दिएका थिए। 


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top