Hot News
मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो ; माघे संक्रान्तीलाई हङकङबासी मगरहरुले विशेष रुपले मनाए ; मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई,
Home > News > National

जहाज हटाउन नसक्दा आज पनि उडान रद्द

Friday, 03.06.2015, 11:26am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, २२ फाल्गुन  ०७१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज साँझ ५ बजेसम्मको लागि अन्तर्राष्ट्रिय उडान रद्द गरिएको छ। तीनदिन वितिसक्दा पनि दुर्घटनाग्रस्त टर्किस एयरको जहाज धावन मार्गबाट हटाउन नसक्दा उडान रद्द भएको हो।हिजो बिहीबार भारतीय वायु सेनाको जहाजले उपकरण ल्याएर आज बिहान १० बजेबाट नियमित गर्ने भनिएको उडान जहाजलाई हटाउन नसक्दा आज तेस्रो दिन पनि विमानस्थल बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ। विमान हटाउन हिजो भारतबाट आएको २५ जनाको विशेषज्ञ टोलीले रातभरि प्रयास गरेको थियो । भारतीय वायुसेवाको जहाजमा आएको विशेष टोलीमा १३ जना भारतीय सेना र १२ जना प्राविधिक विशेषज्ञ छन् । प्राविधिकहरुले ब्लाडरको सहायताले उचाले पनि हटाउन सकेका छैनन् । बुधबार विहान अवतरण हुने क्रममा दुर्घटना भई धावन मार्गको बीच भागमा विमान थन्किएपछि त्रिभुवन विमानस्थलको बुधबारयता अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । जसले गर्दा ३० हजार बढी यात्रु अलपत्र परेका छन् ।

 

 

 

 

 

 


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top