अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जनाको नाम सिफारिस

Saturday, 02.28.2015, 12:42am (GMT6.5)

काठमाडौ, १५ फाल्गुन ०७१  

संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको पदाधिकारी नियुक्तिका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । शुक्रबार साँझ बसेको बैठकले आयोगमा ५ जना आयुक्तको सिफारिस गरेको हो । सिफारिस हुनेहरूमा पूर्व सचिवहरु दीप बस्न्यात, नविन घिमिरे र गणेशराज जोशी छन् । त्यस्तै, पूर्वसरकारी वकिल राजनारायण पाठक र सह प्रध्यापक सावित्री गुरुङ आयुक्त पदका लागि सिफारिस गरिएको छ । यसअघि आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्की र आयुक्तमा केशव वरालले नियुक्ति पाइसक्नु भएकोछ । आयोग ५ सदस्यीय रहने परम्परा रहेकोम पहिलोपटक ७ सदस्यीय हुने भएको छ ।

 

 

नितेश सुनुवार

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.