Hot News
सरकारी वकिल र ट्रेड युनियनले थाले आन्दोलन, कसले गर्छ सरकारको मुद्दामा वहश ? ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
Home > News > National

पाँच जनामा स्वाइन फ्लुको संक्रमण

Monday, 02.23.2015, 10:27am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, ११ फाल्गुन ०७१

सरकारको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) को परीक्षणले ५ जनामा स्वाइन फ्लुको संक्रमण रहेको बताएको छ । संक्रमित पाँचै जना भारतबाट फर्किएका नेपाली छन् ।इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीका अनुसार राजधानीबाट संकलित २, पोखराबाट संकलित २ र भरतपुरबाट संकलित एउटा नमुनामा स्वाइन देखिएको हो ।शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका डा. राजेश साहले आइतबार स्वेच्छाले स्वाइन परीक्षण गराउनेको संख्या एक्कासि बढेको बताए ।डा. शेरबहादुर पुनका अनुसार भारतबाट फर्किएका एक नेपाली चिकित्सकलाई समेत पीसीआर परीक्षणमा स्वाइन फ्लु देखिएपछि एन्टिभाइरल औषधि दिएको र उनको परिवारका सबै जनाको परीक्षण गराउन सिफारिस गरिएको छ ।ती चिकित्सकलाई स्वाइन भएको भारतीय प्रयोगशालाले आइतबार मात्र प्रतिवेदन पठाएको हो । भारतमा स्वाइन फ्लुबाट करिब आठ सयको मृत्यु भइसकेको छ भने १३ हजारभन्दा बढी प्रभावित छन् । उच्च ज्वरो, घाँटी दुख्नु, खोकी, सास फेर्न गार्हो हुनु, जीउ दुख्नु, पखाला लगायतका लक्षण देखिएमा तुरुन्त सल्लाह लिन चिकित्सकको सुझाव छ ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top