प्रश्नावलीको प्रतिवेदन संविधानसभामा अनुमोदन

Thursday, 02.12.2015, 09:46pm (GMT6.5)

काठमाडौं, २९ माघ ०७१

एमाओवादी नेतृत्वको विपक्षी मोर्चा र राप्रपा नेपालको बहिष्कारबीच प्रस्ताव निर्माण समितिको प्रश्नावलीसहितको प्रतिवेदन अनुमोदन भएको छ । बिहिबार बसेको संविधानसभा बैठकमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले समितिका जेष्ठ सदस्य कुलबहादुर गुरुङलाई प्रतिवेदन सदनसमक्ष पेश गर्न समय दिनु भएको थियो।समिति गठनको विरोधमा संविधानसभा र संसदका सबै बैठक बहिष्कार गर्दै सडक आन्दोलनमा रहेको एमाओवादी र मधेसवादी दलका अलवा समितिको कार्यविधिप्रति विमति जनाउदै समिति र संविधानसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको राप्रपा नेपाल पनि बैठकमा अनुपस्थित रहेपछि माघ ५ पछि बसेको संविधानसभा बैठक पहिलोपटक विना अबरोध सञ्चालन भएको हो ।गुरुङले प्रतिवेदन अनुमोदनपछि संविधानसभाको बैठक अनिश्चित समयका लागि स्थागित भएको छ । 

नितेश सुनुवार

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.