समितिले प्रश्नावली सभामुखलाई बुझायो

Monday, 02.09.2015, 07:28pm (GMT6.5)

काठमाडौ, २६ माघ ०७१

संविधानसभाको प्रश्नावली प्रस्ताव समितिले नयाँ संविधानमा असहमतिका १०३ विषयका २ सय ३२ प्रश्न तयार पारेर सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाएको छ।प्रश्नावली आगामी माघ २९ गते बस्ने संविधानसभाको बैठकमा सभाध्यक्षले प्रश्नावलीलाई पेस गरेपछि त्यसउपर मतदान हुनेछ। मतदानबाट टुंगो लागेका विषयलाई मस्यौदा निर्माण समितिमा पठाइने छ।प्रतिवेदन बुझ्दै सभाध्यक्ष नेम्वाङले दलहरुलाई सम्वाद र सहमतिका लागि १८ दिनको समय दिएतापनि केही प्रगति हुन नसकेको भन्दै संविधानसभाको प्रक्रिया अब नरोकिने बताउनु भएको छ ।

नितेश सुनुवार

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.