Hot News
ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित ; २६ जिल्लामा जनजीवन अस्तब्यस्त
Home > News > National

यसको परिणाम राम्रो हुने छैन् : प्रचण्ड

Sunday, 01.25.2015, 04:07pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौँ, ११ माघ २०७१

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा अध्यक्षले प्रश्नावली समिति गठन गरेर संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले महाभूल गरेको बताउनु भएको छ । संविधानसभामा विपक्षीको नाराबाजीका वीचमा सभाध्यष सुवास नेम्वाङले प्रश्नावली समिति गठनको प्रस्ताव गरेका थिए, जसलाई बहुमतले पारित गरेको छ ।संविधानसभा बैठकपछि बाहिरिएका दाहालले आफूहरु सभाध्यक्षको निर्णयविरुद्ध जनतामा जाने बताउनु भयो। यसको जिम्मेवार कांग्रेस, एमाले र सभाध्यक्षले लिनु पर्ने उहाँको भनाई थियो ।'अघिल्लो संविधानसभमा आफूहरुले बैठक बोलाउन आग्रह गर्दा नमान्ने सभाध्यक्षले अहिले संविधानसभाको कार्यकाल तीन वर्ष बाँकी हुँदा प्रक्रिया सुरु गरेको भन्दै उहाँले भन्नु भयो -सभाध्यक्षले पार्टी प्रवक्ताका रुपमा काम गर्नुभयो ।यसको परिणाम राम्रो हुने छैन ।सभाध्यक्षले दिएको चार दिनको समयको कुनै अर्थ नरहेको भन्दै उनले भने-अब हामी जनतामा जान्छौं । त्यसको परिणम कांग्रेस, एमाले र सभाध्यक्षले जिम्मा लिनुपर्छ । यस्तै एमाओवादी नेता डा. बाबुराम भट्टराई संविधानसभाको आत्माको हत्या भएको टिप्पणिी गर्नु भएको छ। उहाले भन्नु भयो 'अब ०४७ सालको संविधान नयाँ खोलमा जारी गर्ने बाटो खुलेको छ ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top