Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > National

सभाध्यक्ष नेम्वाङले प्रस्ताव निर्माण समिति गठन गरे विपक्षी आक्रोसित भएका

Sunday, 01.25.2015, 03:54pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौँ ११ माघ २०७१

संविधान सभाका सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावली बनाउन प्रस्ताव निर्माण समिति गठन गरेको घोषणा गर्नु भएको छ । सभाध्यक्षले प्रक्रिया सुरु गरेकोमा विपक्षी आक्रोसित भएका छन् । उनीहरु नाराबाजी गर्दै संविधनसभाबाट बाहिरिएका छन् । सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावली तयारका लागि प्रस्ताव समिति गठन गरेको घोषणा गएको छ । माघ ५ गतेको कार्यसूचि हटाएर सभाध्यक्ष आफैंले प्रस्ताव समिति गठन गरनु भएको हो । प्रस्ताव समितिमा एमाओवादीसहित विपक्षी दलका सभासद् छैनन् । ७३ सदस्यीय समितिमा ४९ जनाकोमात्रै नाम पढ्नु भयो । उक्त समितिलाई पाँच दिनको समय दिइएको छ। समितिको बैठक पाँच दिन पछि बोलाइएको छ। समितिले कार्यविधि आफैँ बनाउने छ।संविधानसभाको बैठक भने अनिश्चितकालका लागि रोकिएको अध्यक्ष नेम्वाङले घोषणा समेत गर्नु भएको छ ।संविधासभाको बैठक एक घण्टा ढिलो गरि सुरु भएको थियो। बैठक सुरु हुन नपाउँदै एमाओवादी मोर्चाले अवरोध गरेको थियो। आजको बैठकमा प्रश्नावली निर्माण समितिको प्रस्ताव सभाध्यक्ष आफैंले पढ्ने कार्यसूचि बनाउनु भएको थियो।यसअघि कांग्रेस संसदीय दलका प्रमुख सचेत चिनकाजी श्रेष्ठले उक्त प्रस्ताव पेश गर्ने र एमालेका सभासद अग्नी खरेलले सर्मथन गर्ने कार्यसूचि थियो। तर, एमाओवादी मोर्चाका सभासदहरूले बैठक निरन्तर अवरुद्ध गर्दै आएका थिए।त्यसपछि आजको बैठकमा सभाध्यक्ष आफैले उक्त प्रस्ताव पेश गर्नु भएको हो। विपक्षी मोर्चाले हिजो प्रक्रिया अघि नबढाउन नदिने निर्णय गरेको थियो ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top