Hot News
हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख ; उच्च शिक्षा कोषका लागि धरानमा साँस्कृतिक कार्यक्रम हुदै ; आइपुगे नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी ; हङकङका तीन संस्थाले गरे विद्यालयलार्इ भवन हस्तान्तरण
Home > News > National

आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालले मंगलबार संघर्षको थप कार्यक्रम सार्वजनिक गर्ने

Saturday, 01.24.2015, 07:31pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, १० माघ २०७१

आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालले मंगलबार संघर्षको थप कार्यक्रम सार्वजनिक गर्ने भएको छ । कार्यक्रमबारे समीक्षा गर्न शुक्रबार बसेको सचिवालयको बैठकले मंगलबार नयाँ कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।पहिलो चरणको बैठकले आन्दोलन ज्यादै सफल भएको समीक्षा समेत गरेको छ । बहुमतको आधारमा उत्पीडित समुदायलाई अधिकारविहीन बनाउने संविधान जारी गर्ने षड्यन्त्र भइरहेको थियो, त्यसविरुद्ध हामीले गरेको संघर्षले महत्वपूर्ण सफलता प्राप्त गरेको हाम्रो निष्कर्ष छ’, बैठकपछि आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक्ता प्रा.डा.ओम गुरुङले भने, ‘उनीहरुले माघ ८ मा जसरी पनि हाम्रो अधिकार नदिई संविधान जारी गर्ने दिनको रुपमा जीवनमरणको संघर्षको दिनकै रुपमा लिएका थिए । त्यसलाई परास्त गर्यौँ  । यसलाई महत्वपूर्ण सफलता ठानेका छौं ।मंगलरबार आन्दोलनको बृहद् बैठक बसेर संघर्षलाई नयाँ उचाइमा पुर्यागउने गरी आन्दोलनका थप कार्यक्रम तय गरिने बताउनु भयो । बैठकले जारी संघर्षको कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण नेपाली जनता, देशविदेशमा रहेका आदिवासी जनजाति, सञ्चारकर्मी, राजनीतिक पार्टीहरु, मधेशी, मुस्लिम, खसलगायतका समुदायलाई धन्यवाद प्रस्ताव पारित गरेको डा. गुरुङले बताउनु भयो ।आम नागरिकहरुको स्वतःस्फूर्त सहयोगको कारण आन्दोलनलाई नयाँ ढंगले विकसित गर्न हौसला मिलेको बताउँदै उनले अब आन्दोलनलाई प्रादेशिक स्तरमा विकास गर्ने बताउदै काठमाडौंलगायत देशका विभिन्न स्थानमा पहिचान यात्रा’, घर दैलो तथा अन्तक्रियालगायतको कार्यक्रम गर्ने र सम्पूर्ण उत्पीडित समुदायलाई अधिकारका लागि एकजुट हुँदै संघर्षको मैदानमा आउन अपिल गर्ने उहाँको भनाई छ ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top