Hot News
दोस्रो चरणको निर्वाचन शान्तपूर्णरुपमा सम्पन्न, ७०. ५ प्रतिशत मतदान: आयोग ; मतदान केन्द्रनजिकै बम विष्फोट मतदान पुनः चालू ; मतपेटिकामा एसिड हालिएपछि रोल्पाको भनभनेमा मतदान स्थगित ; मतदानमा दुर्इ जनाको निधन ; झरिबिच दोस्रो चरणको स्थानीय तहको निर्वाचन सुरू
Home > News > National

संबिधानसभामा सभाध्यक्ष नेम्वाङलाई प्रस्ताव निर्माण समिति गठनको प्रस्ताव पढ्न नदिने

Saturday, 01.24.2015, 07:29pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, १० माघ २०७१

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भोलि बस्ने संबिधानसभा बैठकमा सभाध्यक्ष आफैंले प्रश्नावली समिति बनाउने प्रस्ताव पढे विपक्षीले झन् ठूलो प्रतिवाद गर्ने चेतावनी दिनु भएको छ ।  सिंहदरबारमा रिपोर्टर्स क्लबले बुझाएको ज्ञापन पत्र बुझ्दै अध्यक्ष दाहालले सामान्य अवस्थामा सभाध्यक्षले प्रस्ताव पढ्नै नमिल्ने बताउनु भयो ।शुक्रबारको बैठकमा पनि विपक्षी सभासदले प्रक्रिया अघि बढाउन नदिएपछि सभाध्यक्ष सुबासचन्द्र नेम्वाङले आइतबारको बैठकमा निकास निस्कने भन्दै प्रश्नावली समिति बनाउने प्रस्ताव आफैंले पढ्ने संकेत गर्नु भएको थियो । उहाँले सहमतिको बाटो छाडे देश दुर्घटनातर्फ जाने दाबी गर्नू भयो ।आफूहरु अझैं पनि सहमति गराउत प्रयासरत रहेको भन्दै उहाँले आइतबारको बैठकमा सभामुख आफैंले प्रस्ताव पढे त्यसले राजनीतिक ध्रुवीकरण गर्ने र जनता पनि दुई ध्रवमा बाँडिने बताउनु भयो ।उहाँले भन्नु भयो 'बाह्रबुँदेदेखिका सहयात्रीलाई छाडेर गइयो भने देश ध्रुवीकरणतर्फ जान्छ', उनले भने,'संबिधानसभामा भएको कित्ताकाँट देशभर हुन्छ । सहमतिको विकल्प छैन् ।' यस्तै मोर्चाले संबिधानसभामा सभाध्यक्ष सुबासचन्द्र नेम्वाङलाई प्रस्ताव निर्माण समिति गठनको प्रस्ताव पढ्न नदिने भएको छ । विपक्षी मोर्चा शुक्रबार सभामुख स्वयलाई समिति निर्माणको प्रस्ताव पढ्न दिन सकारात्मक भए पनि आज शनिबार बसेको मोर्चाको बैठकले सभाध्यक्षलाई प्रस्ताव पढ्न नदिने निर्णय गरेको हो ।बैठकलगत्तै मोर्चा संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराईसहितका नेताहरुले सिंहदरबारमा सभाध्यक्ष सुबास नेम्वाङलाई भेटेर मोर्चाको निर्णयबारे अवगत गराएका थिए ।प्रक्रियामा संबिधान बनाउने सत्तारुढ दलको निर्णयविरुद्ध संबिधानसभामा ५ गतेदेखि विपक्षीले लगातार अवरोध गर्दै आइरहेका छन् । विपक्षी सभासदले ५ गते रातिको बैठकमा तोडफोड भएको थियो ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top