Hot News
सरकारी वकिल र ट्रेड युनियनले थाले आन्दोलन, कसले गर्छ सरकारको मुद्दामा वहश ? ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
Home > News > National

कुनै पनि गाविसले पहिलो चौमासिकमा विकास निर्माणको काम गर्न सकेनन्

Tuesday, 11.25.2014, 09:02pm (GMT+6.5)    | Comment | Print | Tell friend

अमृत सुनुवार

काभ्रेपलाञ्चोक जिल्लामा रहेका कुनै पनि गाविसले चालु आर्थिक वर्षो पहिलो चौमासिकमा पुजीँगत शीर्षकको रकम निकासा नलिएको पाइएको छ ।जिल्लाका ८२ गाविस मध्ये खार्पाचोक, कटुञ्जेबेसी, बालुपाटी देउपुर र सिमथली

बाहेक अन्य गाविसले तलब भत्तामा खर्च हुने चालु शीर्षकको रकम भने लगिसकेको जिविसको योजना शाखाले जनाएको छ । गत आर्थिक वर्ष२०७०/७१ को गाउँ परिषद्बाबाट बाडफाँड गरिएको योजना सम्पन्न गरिने पुजीँगत शीर्षककको रकम निकासाका लागि शंखुपाटीचौर र उग्रचण्डी नाला गाविसले मात्रै माग गरेका छन् ।

गाविसको विकास निर्माणका लागि जाने रकम मध्ये पहिलो चौमासिकमा कुनै पनि गाविसले रकम निकासा नलिएपछि गाउँघरमा विकास निर्माणका काम पनि अगाडी बढ्न सकेको छैन । स्थानीय विकास मन्त्रालयले जारी गरेको कार्यविधि २०६९ अनुसार पहिलो चौमासिक निकासाका लागि निकासा मागपत्र, गाउँ परिषद्बाबाट स्वीकृत बार्षिक कार्यक्रम, खर्चको अुनमान र कार्यक्रम वा आयोजनाको विवरण पेश गर्नुपर्छ । त्यस्तै सम्पन्न र क्रमागत आयोजनाहरुको बाषिर्क प्रगति विवरण, पेश्की र बेरुजुको विवरण, गत आर्थिक वर्षन्दा एक वर्षअगाडीको अन्तिम लेखा परीक्षणको प्रतिवेदन योजना शाखामा बुझाएपछि मात्रै जिविसले रकम निकासा दिने गरेको छ ।




Hot News

 

SEARCH

Newsletter

Top