Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > National

सार्क शिखर सम्मेलनका लागि दक्षिण एसियाका ७ राष्ट्रप्रमुख काठमाडौँ

Tuesday, 11.25.2014, 08:50pm (GMT+6.5)    | Comment | Print | Tell friend

मंसिर ९, काठमाडौँ

१८ औँ दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलनमा सहभागिताका लागि  अफगानिस्तानका राष्ट्रपति मोहम्मद असर्फ घानी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री मोहम्मद नवाज सरिफ, श्रीलंकाका राष्ट्रपति महिन्द्र राजापाक्ष, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन अवदुल, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र भूटानका प्रधानमन्त्री ल्योन्चन छिरिङ तोव्गये काठमाडौँ लाइपुगेका छन् । उनीहरू काठमाडौँ आएलगतै विभिन्न कार्यतक्रममा सहभागि भएका थिए । श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षले लुम्बिनीमा मायादेवि मन्दिरको दर्शन गरि बिशेष पूजा समेत गर्नु भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने भारतीय सहयोगमा काठमाडौँमा बनेको ट्रमा सेन्टर उद्घाटको गर्नुका साथै सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा भारत सरकारले सहयोग स्वरूप अत्याधुनिक एक हेलिकोप्टर नेपाली सेनाका लागि प्रधानमन्त्री सुसिल कोइरालार्इ हस्तान्तरण गर्नु भयो । अन्य राष्ट्रप्रमुखहरूको पनि विभिन्न स्थानको भ्रमण भएको थियो ।दुर्इ दिन चल्ने १८ औँ दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिखर सम्मेलनको उदघाटन भोलि बुधबार राजधानीको सभागृहमा हुने छ ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top