Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > National

सार्क शिखर सम्मेलनका लागि पूर्वाभ्यास सवारी व्यवस्थापन लथालिंग

Tuesday, 11.25.2014, 06:29am (GMT+6.5)    | Comment | Print | Tell friend

मंसिर ८, काठमाडौ

१८ औं सार्क शिखर सम्मेलनमा सहभागिता जनाउन आउने विभिन्न राष्ट्रका प्रमुख व्यक्तिहरूको स्वागत लागि सरकारले पूर्वाभ्यास कार्य गरेको छ । सवारीको पूर्वाभ्यासका क्रममा विमानस्थलदेखि सोल्टी र सोल्टीदेखि सभागृहसम्मको अभ्यासका दौरान सडक ठप्प पारिएको थियो । पूर्वाभ्यासले गर्दा सवारी व्यवस्थापन भने लथालिंग बनेको थियो । यसअघि सुरक्षा अधिकारीहरू मात्र सामेल हुने पूर्वाभ्यासमा यस पटक भने प्रधानमन्त्रीदेखि मन्त्रीहरू सामेल थिए । प्रधानमन्त्री सुशील कोइरालाले मुख्य समारोहस्थल राष्ट्रिय सभागृहमा आफूले उद्घाटन सत्रमा गर्नुपर्ने कामको पूर्वाभ्यास गरे । समारोहस्थलमा अन्य ६ मुलुकका समकक्षीलाई स्वागत गर्ने तरिकाका साथै उद्घाटन सत्रमा बस्ने, बसाउने तयारीमा समेत कोइराला सहभागी हुनु भएको थियो। चार महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं भ्रमणमा आएका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले नेपाली प्रधानमन्त्री सुशील कोइरालाको पाखुरा समातेर जबर्जस्ती तानेको दृश्यले सामाजिक सञ्जाललगायतमा रिजालको चर्को आलोचना भएको थियो । यस्तो गल्ती नहोस भन्ने हेतुले यो पूर्वाभ्यास गरिएको हो । पूर्वाभ्यासमा अतिविशिष्ट व्यक्तिको जहाज विमानस्थलमा अवतरणपछि कार्केडमा राखेर भीभीआईपी लाउन्जसम्म लैजाने अभ्यास गरिएको थियो । त्यहाँ केहीबेरको विश्रामपछि भीभीआईपीलाई स्वागत गरिने पञ्चकन्या मञ्चमा दुई उपप्रधानमन्त्रीहरूले पुष्प गुच्छा दिएर स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि मन्त्रीसहित उनीहरूको सुरक्षार्थ खटिने नेपाली सेनाका अंगरक्षकले सलामी मञ्चमा पुर्‍याउने छन् । सेनाले सबै राष्ट्र तथा सरकार प्रमुखलाई सलामी दिएपश्चात पुनः भीभीआईपी कक्षमा पुर्‍याइनेछ । त्यसपछि कार्केडमा राखेर होटल पुर्‍याउने पूर्वाभ्यास भएको थियो ।सवारीका बेला कार्केडमा प्रयोग हुने मोटरसाइकल, टेक्निकल भ्यान, एम्बुलेन्स, बम डिस्पोजल टोली, नेपाली सेनाको गाडी तैनाथ हुनेछन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सबैको तयारी अभ्यास गरिएको थियो । अभ्यास गर्नुपूर्व प्रधानमन्त्री कोइरालाले विमानस्थलबाट सोल्टी होटल र त्यहाँबाट राष्ट्रिय सभागृहसम्मको निरीक्षण भ्रमण गर्नु भयो । 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top