Hot News
बेलायतमा आदिबासी महिलाले मनाए नारी दिवस ; समानुपातिक प्रतिनिधित्वका लागि तीन प्रतिशत 'थ्रेस होल्ड' एक सिट जित्नै पर्ने ; डीआईजीमा चन्दको बढुवा बदर ; कार दुर्घटनामा हङकङबासी विष्णु कुमार लिम्बुको मृत्यु ; युनाइटेड क्लबको ३३ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न
Home > News > National

काभ्रेबाट अभिभावकसँगै बालबालिका भक्तपुरको इट्टाभट्टामा काम गर्न जान सुरु

Thursday, 11.20.2014, 06:22pm (GMT+6.5)    | Comment | Print | Tell friend

       हिउँद लागेसँगै काभ्रेबाट बालबालिका श्रमका लागि भक्तपुरमा रहेका इट्टाभट्टमा जाने क्रम सुरु भएको छ । विद्यालय छाडेर अविभावकसँगै हिडेका उनीहरु वषर्ायाम सुरु भएपछि मात्रै घर र्फकने गर्छन् । जिल्लाको पाँचखाल नगरपालिका, महादेवटार, मेथिनकोट, सिसाखानी, मथुरापाटी फुलबारी, कुटुञ्चेबेसी, शिखरआम्बोटे, भिमखोरी, सिपाली चिलाउने लगायत गाविसबाट बढी बालबालिका श्रमका लागि इट्टाभट्टमा जाने गरेका छन् । भक्तपुरको ६४ वटा इट्टा भट्टामा काम गर्ने मध्ये ३० प्रतिसत बालबालिका काभ्रे जिल्लाको रहेको तथ्याङक छ । बालश्रम उत्पादन गर्ने जिल्लाको रुपमा समे लिइने यहाँबाट घरेलु श्रमिकका रुपमा पनि एकहजार २८ जना बालबालिका काठमाण्डौ उपत्यकालगायतका मुख्य बजार क्षेत्रमा गरिरहेको सरकारी तथ्याङकहरुले देखाएका छन् । यसैबीच इट्टाभट्टामा काम गर्न जाने बालबालिकाको संख्या कम गराउन जिल्लाका २५ गाविसमा बाल संवेनशील सामाजिक सुरक्षा कार्यक्रम लागुभएको छ । सेभ द् चिल्ड्रेनको आर्थिक सहयोगमा सुरु भएको कार्यक्रमले छनौट भएका गाविसहरुमा पुगेर काम गरिरहेको साझेदार संस्था नाङसाल एशोसिएसनका कार्यकारी निर्देशक गुणराज मोक्तानले जानकारी दिनुभयो ।


अमृत सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top