Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > National

एआईजीमा ९ जनाको बढुवा साथै१० सहसचिवलाई कामु सचिवमा पदोन्नति

Friday, 08.15.2014, 09:24am (GMT+6.5)    | Comment | Print | Tell friend

३० श्रावण, काठमाडौ

सरकारले नेपाल प्रहरीका ९ डीआईजीलाई एआईजीमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नौ सचिवको सरुवा गर्नुका साथै हालै बढुवा भएका ६ जनालाई पदस्थापना गर्नुका साथै १० सहसचिवलाई कामु सचिवमा पदोन्नति समेत गर्ने निर्णयहरू गरेको हो। मन्त्रिपरिषद्ले दुई विशेष पद सिर्जना गर्दै १३ मध्ये ९ डीआईजीलाई बढुवा गरेको हो। प्रहरीमा हाल ७ वटा मात्र एआईजीको दरबन्दी छ। प्रहरी संगठनलाई आवश्यक परेरभन्दा पनि राजनीतिक भागबन्डा मिलाएर बढुवा भर्न दुई पद थपिएको हो। विशेष दरबन्दी सिर्जना गर्दा राज्यलाई आर्थिक भार बढ्छ।मन्त्रिपरिषद् बैठकले प्रहरीको नयाँ नियमावलीअनुसार बनेको बढुवा सिफारिस समितिले सिफारिस गरेका ७ र उजुरी पुनरावलोकन समितिले फेरबदल गरेका दुई जनाको पनि बढुवा गरेको हो। बढुवा भएकामा गृहसचिव सूर्य सिलवाल संयोजक रहेको सिफारिस समितिले सिफारिस गरेमध्येका डीआईजी राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य र केदार साउद छन्।लोकसेवा आयोगकी अध्यक्ष कयोदेवी यमी संयोजक रहेको उजुरी पुनरावलोकन समितिको सिफारिसमा परेका गणेश राई र नारायण बस्ताकोटीलाई विशेष पद सिर्जना गर्दै बढुवा गरिएको छ। समितिले बज्राचार्य र साउदको स्थानमा राई र बस्ताकोटीलाई सिफारिस गरेको थियो।पछिल्लो समय गृहमन्त्री गौतम आफूअनुकूल बढुवा नगर्ने भए कसैको बढुवा नै नगर्ने अडानमा थिए। तीन दिनअघि प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर संगठनको असजिलो जानकारी गराएका थिए।त्यसपछि कोइरालाले गौतमलाई मन्त्रिपरिषद् बैठकमा बढुवाको विषय पेस गर्न निर्देशन दिएका थिए। त्यसपछि गृहले बज्राचार्य, साउद, राई र बस्ताकोटीलाई समेत समेट्ने हिसाबले गृहकार्य गरेको थियो। जसअनुसार मुख्य सचिव, गृहसचिव, गृहमन्त्री, प्रहरी प्रमुखलगायतले पटक/पटक यो विषयमा छलफल गरेका थिए। उजुरी सुन्ने समितिले सिफारिस गरेको सूचीलाई नगर्दा पर्ने अप्ठ्यारोबारे महान्यायाधिवक्तासँग समेत छलफल गरिएको थियो।

 

यसैगरी १० जना सहसचिवलाई कामु सचिवमा बढुवा हुनेहरूमा

प्रेमचन्द्र राई- अख्तियार  अनुसन्धान दुरूपयोग आयोग

ईश्वरी पौडेल - जल तथा उर्जा मन्त्रालय

जीवनप्रभा लामा- राष्ट्रिय सूचना आयोग

शरदचन्द्र पौडेल - वन मन्त्रालय

खुमराज पुञ्जाली - शान्ति तथा पुनर्निर्माण मन्त्रालय

टंकमणि शर्मा - सार्वजनिक खरिद आयोग

सुशीलबहादुर मल्ल- सूचना तथा सञ्चार

पूर्वाञ्चल क्षेत्रीय प्रशासक विराटनगर- अन्नपूर्णानन्द दास

पश्चिमाञ्चल क्षेत्रीय प्रशासक- दिनेश थपलिया

सुर्खेतमा क्षेत्रीय प्रशासक- विजयकुमार मल्लिक


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top