Hot News
संविधान संशोधन प्रयास असफल ; आगामी मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव एकै चरणमा हुने ; अब ट्याक्सीमा बिल प्रिन्टिङ सिस्टम लागु हुने ; हामीलाई दोषी देखाउन संशोधन प्रस्ताव ल्याइयो। ; पत्रकार महासङ्घको नेतृत्व चयन आज, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने
Home > News > National

मोदी स्वदेश फिर्ता, के के भएत दुई देशकाबीच समझदारीहरू

Monday, 08.04.2014, 10:45pm (GMT+6.5)    | Comment | Print | Tell friend

 १९ श्रावण, काठमाडौं

दुई दिने भ्रमण पूरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार साँझ स्वदेश प्रस्थान गर्नुभएको छ।७५ सदस्यीय प्रतिनिधिमण्डल सहित आउनू भएका भारतीय प्रधानमन्त्री मोदी साँझ ५ बजेर ५३ मिनेटमा स्वदेश फर्केका हुन् । मोदीलाई त्रिभूवन विमानस्थलमा प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंह, सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललगायतले बिदाइ गर्नु भयो ।मोदी स्वदेश र्फकनुअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दीनले होटल हृयातमा पत्रकार सम्मेलन गरी भ्रमण सफल भएको बताउनु भयो। दुई दिने नेपाल भ्रमण सकाएर स्वदेश फर्किने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी सुशील कोइरालाई भारत भ्रमणको निम्तो समेत दिनु भएको छ।दुई देशका आपसी समझदारीमा एक संयुक्त विज्ञप्तीमा जारीगरिको छ ।

दुई देशकाबीच भएकासमझदारीहरू

– प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणका क्रममा हुन नसकेको ऊर्जा व्यापार सम्झौताको छलफल ४५ दिनभित्र टुंग्याउन दुवै देशका प्रधानमन्त्री सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।

– पञ्चेश्वर आयोजनाको डिपिआर चाँडै बनाउन तथा छ महिनाभित्र पञ्चेश्वर प्राधिकरण गठन गर्ने सहमतिसमेत मोदीको नेपाल भ्रमणका क्रममा भएको छ।

– ४५ दिनभित्र माथिल्लो कर्णालीको निर्माणबारे लगानी बोर्ड र जिएमआरबीच परियोजना विकास सम्झौता गर्नसमेत दुई देशका प्रधानमन्त्रीले सम्बद्ध निकायलाई निर्देशन दिए। भारतीय पक्षले अरुण ३,  माथिल्लो मर्स्याङ्दी र तामाकोशी ३ को परियोजना विकास सम्झौता चाँडै टुंग्याउनसमेत आग्रह गरेको छ।

– दुईदिने नेपाल भ्रमणका क्रममा मोदीले प्रधानमन्त्री सुशील कोइरालासँग १९५० को सन्धिलाई पुनरावलोकन र नविकरण गर्न सहमति गरेका छन्। दुई प्रधानमन्त्रीबीच नेपाल र भारतका सीमा विवाद सुल्झ्याउने सहमतिसमेत भएको दुई देशद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

– सुपुदर्गी सन्धिलाई चाँडै टुंग्याउन पनि दुई प्रधामन्त्रीबीच सहमति भएको विज्ञप्तिमा उल्लेख छ। पशुपतिनाथमा भारतीय सहयोगमा धर्मशाला बनाउने घोषणा पनि भएको छ।भारत सरकारले जनकपुरबराहक्षेत्र र लुम्बिनीको विकासमा सघाउने घोषणासमेत गरेको छ। बुद्ध जन्मस्थल लुम्बिनीलाई भारतको बुद्धिस्ट सर्किटमा जोड्न समेत भारत सरकार सहमत भएको छ।

– भारत सरकारले भारतीय छात्रवृत्ति १२५ बाट बढाएर २५० गर्ने सहमति समेत गरेको छ।

– महेन्द्रनगरको नेपाल र भारत सीमानास्थित महाकाली नदीमा पुल बनाउनसमेत भारतीय पक्षले सहायता दिने भएको छ। नेपालको सुदूरपश्चिम क्षेत्रसँग उत्तर प्रदेश, दिल्ली र उत्तराखण्डको व्यापारिक सम्बन्ध निर्माण गर्नसमेत भारतीय पक्षले चासो देखाएको छ। बैतडीको झुलाघाट र दार्चुलामासमेत पुल बनाउन भारतीय पक्षले विचार गर्ने संयुक्त विज्ञप्तिमा उल्लेख छ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top