Hot News
हङकङ तेह्रथुम मञ्चको १२ औ वार्षिक कार्यक्रम सम्पन्न ; उर्जामन्त्री जनार्दन शर्मा र निर्देशक कुलमान घिसिङ हङकङ आउने ; माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनलाई उपचार गर्न बैंकक लगिँदै ; नेपाल च्याम्बर अफ कमर्श हङकङको ९औं वार्षिकोत्सव सम्पन्न ; चित्रकार "दिपेन्द्र राई" को चित्रकला बगैँचा रेस्टुरेन्टमा प्रदर्शनी,
Home > News > National

मोदी दुई दिने भ्रमणसकि आजै स्वदेश फर्कदै साथमा आजको कार्यतालिका

Monday, 08.04.2014, 08:58am (GMT+6.5)    | Comment | Print | Tell friend

१९ श्रावण, काठमाडौं

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणका क्रममा हिजो आइतबार काठमाडोंमा विभिन्न छलफलमा सहभागि हुनु भयो । उहाँले जीतबहादुरलाई परिवारसँग मिलाउनु भएको थिथो, भने प्रधानमन्त्री कार्यलय सिंहदरबार प्रधानमन्त्री सुशील कोइराला, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग भेटवार्तासँगै विभिन्न विषयमा सम्झौता भएको थियो, यस्तै हिजो नै व्यवस्थापिका संसद्मा संम्बोधन समेत गर्नुभथो । यस्तै प्रधानमन्त्रीले आयोजना गर्नुभएको रात्रीभोजमा समेत प्रधानमन्त्री मोदीले सम्बोधन गर्दै नेपालले सन् १९५० को सन्धिमा के कस्तो परिवर्तन चाहेको हो त्यसबारे नेपालका सबै पक्ष मिलेर स्पष्ट प्रस्ताव प्रस्तुत गर्न आग्रह गर्दै भारतीय प्रधानमन्त्रीले त्यो सन्धिको नाममा राजनीति मात्र गर्ने हो भने दुवै पक्षलाई कुनै फाइदा नहुने पनि खुलस्त पार्नुभयो ।रात्रिभोजमा सभामुख, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरू, उपप्रधानमन्त्रीद्वय, मन्त्रीगण, विभिन्न दलका शीर्ष नेताहरू, संवैधानिक अङ्गका प्रमुखहरू, उच्चपदस्थ राष्ट्रसेवक, कुटनीतिज्ञ, वरिष्ठ पत्रकार, कलाकार, व्यापारी, व्यवसायीलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका महानुभावहरू र भारतीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

उहाँ आजनै स्वदेश फर्कदै हुनु हुन्छ। उहाँको आजको कार्यतालिका

दोस्रो दिन(सोमबार)

०९: १५- पशुपति मन्दिरमा दर्शनका लागि प्रस्थान

९:३०-१०:१५- पशुपतिनाथको दर्शन र पूजा

१०: १५- होटल हायात प्रस्थान

११:००- शितल निवासका लागि प्रस्थान

११:१५-११:४५- राष्ट्रपति रामवरण यादवसँग भेटवार्ता

११:५०- १:००- राष्ट्रपतिद्वारा शितल निवासमा आयोजित दिवा भोजमा सरिक

१:००- होटल हायातका लागि प्रस्थान

१:४५-२:१५- एमाले अध्यक्ष केपी ओलीसँग भेट २:१५- २:४५-

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेट २: ४५- ३:३०-

मधेसीदलका नेताहरुसँग भेटघाट

३:३०- ४:००- प्रमुख उद्योगी व्यापारिहरुसँग भेटघाट

४:३०- त्रिभुवन विमास्थलका लागि प्रस्थान

समय रहेमा पाटन र भत्तपुर जाने 


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top