Hot News
हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख ; उच्च शिक्षा कोषका लागि धरानमा साँस्कृतिक कार्यक्रम हुदै ; आइपुगे नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरी ; हङकङका तीन संस्थाले गरे विद्यालयलार्इ भवन हस्तान्तरण
Home > News > National

नरेन्द्र मोदी आज नेपाल आउदैँ

Sunday, 08.03.2014, 08:03am (GMT+6.5)    | Comment | Print | Tell friend

१८ श्रावण, काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुइ दिने भ्रमणमा आज नेपाल आउदैँ हुनु हुन्छ । उहाँले नेपाल आउनु अघि हिजो सामाजिक सन्जाल टि्वटरमार्फत आफू नेपालको भ्रमण गर्न ब्यग्र प्रतीक्षामा रहेको बताउनु भएको छ । 'आफ्नो भ्रमणले समान संस्कृति र परम्परा रहेको दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने छ । मलाई आशा छ नेपालका नेता तथा सांसदहरुसँग फलदायी वार्ता हुनेछ र यसले नेपाल भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने छ ।' नेपालको दुई दिने औपचारिका भ्रमणका लागि आइतबार विहान १०.५० मा सेनाको विशेष विमानमा काठमाडौं आइपुग्दै हुनु हुन्छ । सरकारले उहाँको भ्रमणलाई उच्च महत्व दिदै सुरक्षाको विशेष ब्यवस्था मिलाएको छ । उहाँ चढ्ने अत्याधुनिक सुरक्षा प्रविधिजडित गाडी तीन दिनअघि नै नयाँ दिल्लीबाट काठमाडौं ल्याइएको छ । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष अगाडिको प्राङगणमा नै प्रधानमन्त्री सुशील कोइरालाले स्वागत गर्ने कायक्रम रहेको छ । उहाँको भ्रमणालाई सरकारले राजकीय सम्मान दिने तयारी पुरा भएको छ ।उहाँले टि्वटमा भन्नु भएको छ, 'मेरो लागि नेपाल यात्राको अर्को एउटा महत्व पनि छ । मैले साउनको महिनाको अवसर पारेर भगवान पशुपतिको दर्शन गर्न पाउने  सौभाग्य रहेको छ ।' नेपालसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीले असहाय अवस्थामा भेटिएका जितबहादुरलाई उनको परिवारला जिम्मा लगाउन पाउनेमा खुशि भएको बताउनु भएको छ । भ्रमणका अवसरमा नेपाल र भारतबीच विभिन्न विषयमा सम्झौँता हुने छ ।

 


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top