Hot News
बाटो काट्दै हुनुहुन्छ ? जरिवानामा पर्नुहोला ? ; राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति ; गायक/गीतकार/संगीतकार/सन्तोस आङदेम्बे मोडलीङ तिर ; नेपाली सिने जगतका वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ उपचार सहयोग रकम हस्तान्तरण । ; स्पारिङ तथा पुम्से च्याम्पियनसिपमा युनाइटेड क्लबलाई १४ गोल्ड मेडल
Home > News > National

यस वर्षको धनी सूचीमा पनि बिनोद चौधरी

Tuesday, 03.04.2014, 05:52pm (GMT+6.5)    | Comment | Print | Tell friend

फाल्गुन २०, काठमाडौ

फोब्र्स म्यागेजिनले यो बर्ष सार्वजनिक गरेको धनी सूचीमा पुनः बिल गेट्सले अग्र स्थानमा परेका छन् ।सेयरमा भएको बृद्धिका कारण माईक्रोसफ्टका सहसंस्थापक बिल गेट्स नम्बर एकमा पुनः उक्लिएका हुन् । उनको सम्पति ७६ विलियन डलर छ ।यस्तै सूचीमा नेपालका तर्फबाट एकमात्र व्यवसायी बिनोद चौधरी १४६५ औं नम्बरमा छन् । चौधरी दोस्रो पटक सूचीमा अटाएका हुन् । उनी फोब्र्स म्यागेजिनको अर्बपति सूचीमा पर्ने पहिलो नेपाली हुन् । उनको सम्पति एक दशमलब एक बिलियन डलर रहेको मूल्यांकन गरिएको छ ।यो बर्ष तयार पारिएको सूचीमा दुईसय ८६ जना अर्बपति थपिएको फोब्र्स म्यागेजिनले जनाएको छ । जसमध्ये ४२ जना महिला छन् । अर्बपतिमध्ये अमेरिकाबाट ५०, चीनबाट ३७, जर्मनीबाट २६, ब्राजिलबाट २३ जना छन् । नयाँ अर्बपतिमध्ये ह्वाट्सएपका सहसंस्थापक जेन कम सबैभन्दा धनी देखिएका छन् । भर्खरै फेसबुकलाई कम्पनी बेचेका ३६ वर्षीय कमको सम्पति ६ दशमलब ८ विलियन डलर छ । भारतका व्यवसायी मुकेश अम्बानी १८ दशमलब ६ विलियन डलर सम्पति सहित भारतको सबैभन्दा धनी बनेका छन् । विश्व धनी सूचीमा उनी ४० औं नम्बरमा छन् । उनी पछाडि भारतका व्यापारी लक्ष्मी मित्तर भारतको दोस्रो धनी बनेका छन् । मित्तलको सम्पति १६ दशमलब ७ प्रतिशत छ । उनी विश्व धनीको सूचीमा ५२ औं नम्बरमा छन् ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top