Hot News
ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित ; २६ जिल्लामा जनजीवन अस्तब्यस्त
Home > News > National

१० डीआईजीको सरुवा बढुवा

Friday, 12.27.2013, 12:34am (GMT+6.5)    | Comment | Print | Tell friend

पुस ११, काठमाडौं

सरकारले १० जना डीआईजीको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीको सरुवा गरेको हो ।बैठकले नायब प्रहरी महानिरीक्षक राजेन्द्रसिंह भण्डारीलाई प्रहरी प्रधान कार्यालय, नारायण बस्ताकोटीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, सुरेन्द्रबहादुर शाहलाई अपराध अनुसन्धान महाशाखा, विज्ञानराज शर्मालाई प्रहरी प्रधान कार्यालय र  श्यामबहादुर थापालाई प्रबन्ध विभागमा सरुवा गरेको छ ।त्यस्तै नायब प्रहरी महानिरीक्षक नवराज सिलवाललाई क्षेत्रीय प्रहरी कार्यालय विराटनगर, प्रकाश अर्याललाई क्षेत्रीय प्रहरी कार्यालय हेटौँडा, बमबहादुर भण्डारीलाई क्षेत्रीय प्रहरी कार्यालय पोखरा, जयबहादुर चन्दलाई क्षेत्रीय प्रहरी कार्यालय दिपायलमा र केशरबहादुर शाहीलाई क्षेत्रीय प्रहरी कार्यालय वीरेन्द्रनगरमा सरुवा गरिएको बैठकपछि सरकाका प्रवक्ता माधवप्रसाद पौडलले जानकारी दिए ।नेपाली सेनाका महासेनानी दामोदर थापा, नवलशम्शेर राणा र  शशिबहादुर सिंहलाई सहायक रथीमा बढुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । त्यस्तै सहायकरथी हेमन्तराज कुँवर र राजेन्द्रबहादुर कार्कीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरिएको छ ।राससका अनुसार बैठकले राष्ट्रिय समाचार समितिका अध्यक्ष कोमलनाथ बरालले यही पुस १ गते देखि लागू हुने गरी दिनुभएको राजीनामा स्वीकृत गरेको छ ।स्याङ्जाको चापाकोट प्रहरीचौकीमा गत कात्तिक १२ गते भएको घटनाबारे छानबिन गर्न गठित आयोगको म्याद मङ्सिर २८ गतेदेखि लागु हुने गरी १० दिन थप गरिएको छ ।न्युजिल्यान्डमा यही पुस २९ देखि माघ २८ सम्म सञ्चालन हुने आइसिसी विश्वकपको छनोट खेलमा अतिथिका रुपमा युवा तथा खेलकुदमन्त्री रामकुमार श्रेष्ठले  पुस २७ देखि माघ ४ गतेसम्म भाग लिने जनाइएको छ ।मन्त्रिपरिषद् बैठकले संविधानसभा सदस्य निर्वाचन दोस्रो संशोधन अध्यादेश २०७० को मस्यौदा स्वीकृत गरी राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ ।




Hot News

 

SEARCH

Newsletter

Top