Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > National

नामावली पेस गर्ने समय एक साता थप

Monday, 12.16.2013, 08:05pm (GMT+6.5)    | Comment | Print | Tell friend

पुस, काठमाडौं

निर्वाचन आयोगले समानुपातिक निर्वाचनका विजयी उम्मेदवारको नामावली पेस गर्ने समय एक साता थप गरेको छ । सोमबार आयोगले उच्चस्तरीय राजनीतिक समितिको आग्रहअनुसार पहिलोपटक एक साताको समय थप गरेको हो । निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राईका अनुसार अब समानुपातिकर्फको बन्द सूची बुझाउने म्याद पुस १० गतेसम्मका लागि हुने छ । समितिले 'दलहरुबीचमा सहमतिका लागि वार्ता र संवादको कार्य जारी रहेकाले समानुपातिक निर्वाचनका विजयी उम्मेदवारको नामावली पेस गर्ने समयावधि एकहप्ता थप गर्न' निर्वाचन आयोगलाई लिखित अनुरोध गरेका थिए ।एमाओवादीसहितका केही दलले निर्वाचनमा धाँधली भएको भन्दै निष्पक्ष छानबिन आयोग गठनको माग गर्दै सूची बुझाउन अस्वीकार गरेका छ भने कांग्रेस-एमालेले पनि आन्तरिक विवादका कारण अझै विजयी सभासद्को सूची बुझाउन सकेका छैनन् ।राप्रपा नेपालसहितका केही साना दललेमात्रै समानुपातिक निर्वाचनमा प्राप्त गरेको सिट संख्यामा आफ्ना विजयी उम्मेदवारको नामावली प्रस्तुत गरिसकेका छन् ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top