Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > National

चुनावका लागि ४ दिन सार्वजानिक विदा, यातायात बन्द यथावत

Tuesday, 11.12.2013, 08:22am (GMT+6.5)    | Comment | Print | Tell friend

कार्तिक २६, काठमाडौ

रकारले संविधानसभा निर्वाचनका निम्ति चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर २ देखि संविधानसभा निर्वाचनको भोलिपल्ट ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय सोमबार मन्त्रिपरिषद् बैठकले गरेको ।अत्यावश्यक सेवाका हकमा भने मंसिर ४ र ५ गते दुई दिन मात्र बिदा गर्ने निर्णय भएको छ । बिदाका बाबजुद पनि अत्यावश्यक सेवा सुचारु रहने सरकारका कार्यवाहक प्रवक्ता संघीय मामला तथा स्थानीय विकास मन्त्री विद्याधर मल्लिकले बताउनु भयो । मंसिर १ गते शनिबार परेकाले यस पटक लगातार पाँच दिनकै बिदा सरकारी तथा संस्थानका कर्मचारीहरूले चुनावका अवसरमा पाएका छन् । पहिलो संविधानसभा निर्वाचनमा पाँच दिन सार्वजनिक बिदा दिइएको थियो । अत्यावश्यक सेवाका कर्मचारीहरूलाई त्यतिबेला तीन दिन बिदा दिइएको थियो । यस्तै नेकपा माओवादी सहितका ३३ दलीय मोर्चाले गरेको ९ दिन यातायात बन्द जारी राखेको छ । देशभर बन्दको अषर मिश्रित परेको समाचार प्राप्त भएका छन् ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top