Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > National

उम्मेदवारी मनोनयन दर्ता शीर्ष नेताहरुको दुई स्थानमा उम्मेदवारी

Thursday, 10.03.2013, 11:31pm (GMT+6.5)    | Comment | Print | Tell friend

आश्विन १७, काठमाडौं

दोस्रो संविधानसभाको निर्वाचनका लागि मुलुकभर राजनीतिक दलहरुले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । नेकपा माओवादीको मोर्चाले सक्रिय रुपमा बहिस्कार र अवरोधको घोषणा गरेको भएपनि मुलुकभर मनोनयन सकिएको जानकारी प्राप्त भएको छ यस्तै प्रमुख दलका शीर्ष नेताहरुले प्राय दुई स्थानमा उम्मेदवारी दिएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं १० र सिरहा ५ बाट उम्मेदवारी दिनु भएको छ। त्यसैगरी एमाओवादीकै नेता  बाबुराम भट्टराईले पनि गोरखा १ र रुपन्देही ४ बाट , रायणकाजी क्षेष्ठले मकवानपुर २ बाट, दाहालले सिरहा ५ का आफ्नो वारिस मार्फत उम्मेवारी र्ता गराएका हुन् भने नेता भट्टराईले भने दुवै स्थानमा आफै उपस्थित भइ उम्मेदवारी दर्ता गराउनु भएको छ । त्यस्तै नेपाली काग्रेस सभापति सुशील कोइरालाले पनि बाके ३ र चितवन ४ बाट उम्मेदवारी दिनु भएको छ । कांग्रेसकै उपसभापति रामचन्द्र पौडेलले तनहुा २ बाट र बरिष्ठ नेता शेरबहादुर देउवाले डडेल्धुरा र कैलाली ६ बाट, कांग्रेसकै महामन्त्री प्रकाशमान सिंले काठमाडौं १ र अर्का महामन्त्री कृष्णप्रसाद सिटौलाले झापा ३ बाट कोइरालाको यसअघि बांके १ मा पनि उम्मेदवारी दिने चर्चा चलाइएको थियो । यद्यपी अन्तिम्मा आएर उहाँको उम्मेदवारी त्यहाँ दिइएन । चितवन ४ मा भने कााग्रेसका चितवनका पूर्व सभापति विकास कोइरालाले उम्मेदवारी दिएका दिनु भएको छ ।एमालेका अध्यक्ष झलनाथ खनालले इलाम १ र सर्लाही १ बाट नेता माधव कुमार नेपालले काठमाडौं २ र रौतहट १ बाट केपी ओलीले झापा ७ बाट र उपाध्यक्ष बामदव गौतमले प्युठान १ र बर्दिया १ बाट इश्वर पोखरेलले काठमाडौं ५ उम्मेदवारी दिनु भएको छ । त्यसैगरी संविधानसभाका पूर्व अध्यक्ष सुभाष नेम्वाङले इलाम २ बाट उम्मेदवारी दिनु भएको छ ।  एमाले नेता खनालले पनि इलाम १ मा वारेस पठाएर उम्मेदवारी दर्ता गउनु भएको हो । नेता ओलीको विरुद्धमा एमाओवादीका पोलिटब्यूरो सदस्य गोपाल किरातीले उम्मेदवारी दिनु भएको छ ।त्यसैगरी मधेसी नेताहरुमा मधेसी जनअधिकार फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले मोरङ ५ र सुनसरी ५, मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदारले मोरङ ७ र सुनसरी ३, तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले सर्लाही ६ र नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सर्लाही ४ बाट उम्मेदवारी दिनु भएको छ माओवादीका मधेसव्यूरो प्रमुख रामचन्द्र झाका विरुद्धमा त्यही क्षेत्रमा यसअघिको संविधानसभा चुनावमा उनैसंग पराजित श्रवण बरवरिया यादवले वागी उम्मेदवारी दिनु भएको छ । धनुषा क्षेत्र नम्बर १ का एमाओवादी उम्मेदवार झा केही महिनाअघि मात्र एमालेबाट एमाओवादी जानु भएको हो।त्यसैगरी धनुषा क्षेत्र नम्बर २ का लागि एमालेले उम्मेदवार गंगाराम (आनन्द) यादवको नाम मतदाता नामावलीमा नभेटिएपछि उनको ठाउँमा डा. भोला साहलाई उम्मेदवार बनाईएको छ ।सुनसरीमा उम्मेदवारी दिने चर्चामा रहेका माओवादी पोलिटव्यूरो सदस्य गोपाल किरातीले झापा ७ मा एमाले नेता केपी ओलीबिरुद्ध उम्मेदवारी दिएका छन् ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top