Hot News
लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित ; हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख
Home > News > National

चुनावका लागि उम्मेदवारी दर्ता आज

Thursday, 10.03.2013, 08:41am (GMT+6.5)    | Comment | Print | Tell friend

आश्विन १७ काठमाडौं,

संविधानसभा चुनावका लागि आज बिहीबार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ ।देशभर २ सय ४० निर्वाचन क्षेत्र छन्। उम्मेदवारी दर्ता सबै जिल्ला सदरमुकाममा रहेका निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।निर्वाचन अधिकृतको कार्यालयहरूले यसअघि नै उम्मेदवारी मनोनयनसहितको निर्वाचन कार्यक्रम प्रकाशन गरिसकेका छन् । प्रकाशित कार्यक्रमअनुसार बिहीबार कार्यालय समयभित्र दलका उम्मेदवार र स्वतन्त्र व्यक्तिले तीन हजार रुपैयाँ धरौटीसहित उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।प्रत्येक उम्मेदवारले दुईभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन पाउँदैन । निर्वाचन कानुनले अयोग्य नठहरिने व्यक्ति कुनै पनि क्षेत्रबाट उम्मेदवार बन्न पाउने भए पनि प्रस्ताव र समर्थक सम्बन्धित क्षेत्रकै मतदाता हुनुपर्छ ।उम्मेदवारीको विवरणमा त्रुटि हुन नदिन एक उम्मेदवारले एकै क्षेत्रमा तीनवटासम्म पत्र दाखिला गर्न सक्ने व्यवस्था छ । तर प्रत्यक्षतर्फ उम्मेदवार भएको व्यक्ति समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार बन्न पाउँदैन ।निर्वाचन आयोगले बुधबार एक सूचना प्रकाशित गरी निर्वाचनमा सहभागी हुने सबै दलहरूलाई समानुपातिक र प्रत्यक्षतर्फको कुल उम्मेदवारको ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न आह्वान गरेको छ । निर्वाचन कानुनले समानुपातिक प्रणालीमा ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ भने समग्रमा महिला उम्मेदवार ३३ प्रतिशत पुग्नुपर्छ । समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यक्रम शुक्रबारका लागि तोकिएको छ । समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन १ सय २४ दलले निवेदन दिएका छन् । ती दलहरूमध्ये अनिच्छुकलाई निवेदन फिर्ता लिन तोकिएको बुधबारको समय सीमाभित्र कुनै पनि समूहले नाम फिर्ता लिएका छैनन् । समानुपातिक निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम कान्तिपथस्थि


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top