Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > National

संबिधान सभाको संख्या ६०१ नै हने

Tuesday, 09.17.2013, 08:06pm (GMT+6.5)    | Comment | Print | Tell friend

संबिधान सभाको संख्या ६०१ नै हने

आश्विन, काठमाडौ

राष्ट्रपति डा. रामवरण यादवले सरकारको सिफारीश अनुसार आगामी संबिधानसभाका सदस्यको संख्या ६०१ हृने गरी बाधा अड्काउ फुकाउ संशोधन गर्नु भएको छ । संबिधान सभामा समानुपातिकबाट ३५, प्रत्यक्षबाट २४० र मनोनयनबाट २६ जरी ६०१ सदस्य हुनेछन् । यसअघि चैत १ गते भएको संशोधनमा आगामी संबिधान सभामा सदस्य संख्या ४ सय ९१ हुने व्यबस्था गरिएको थियो ।उच्चस्तरीय राजनीतिक समितिले चुनावको विरोध गरिरहेका उपेन्द्र यादव नेतृत्वको मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीको माग अनुसारसंबिधानसभाको संख्या ६०१ नै पुर्याउने सहमति गरेको थियो । आज राजनीतिक समितिले मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग छलफल गर्दै ती पार्टीसँग भएको सहमतिलाई कानुनी रुप दिन आग्रह गरेको थियो ।समितिको आग्रह अनुसार नै आज बसेको मन्त्रिपरिषद्को वैठकले राष्ट्रपतिलाई बाधा अड्काउ फुकाउ आदेश संशोधनको लागि आग्रह गरेको हो'संबिधानको धारा १५८ बमोजिम बाधा अड्काउ फुकाउने आदेश जारी हुनुअघि संबिधानको धारा ६३ को को उपधारा (३) बमोजिम कायम रहेको संबिधानसभाको सदस्य संख्या ६०१ रहने गरी नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिबाट बाधा अड्काउ फुकाउन जारी भएको आदेशको प्रकरण नं. १० र ११ खारेज गर्ने गरी यो आदेश जारी भएको छ', राष्ट्रपतिको कार्यालयबाट जारी बिज्ञप्तीमा भनिएको छ  । राष्ट्रपतिद्वारा यसअघि जारी आदेशको बुँदा नम्बर १० मा समानुपातिक सभासद्को संख्या २ सय ४० र मनोनितको संख्या ११ मा बनाउने उल्लेख थियो ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top