Hot News
हङकङ समुद्रमा खसेका एक नेपालीको मृत्यु एक अझै बेपत्त ; हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई
Home > News > National

७० पूर्व लडाकु सेनाको अधिकृत

Monday, 08.26.2013, 03:36pm (GMT+6.5)    | Comment | Print | Tell friend

भाद्र १०, काठमाडौ

पूर्व माओवादी लडाकुले आधारभूति तालिम पूरा गरे आज अधिकृतस्तर (उपसेनानी) को दर्ज्यानी चिन्ह पाएका छन् । दर्ज्यानी चिन्ह पाउनेहरु ७० जना छन् । नेपाली सेनामा समायोजित उनीहरुलाई सैनिक प्रशिक्षण प्रतिष्ठान खरिपाटीमा आज आयोजित बिशेष समारोहबीच दर्ज्यानी चिन्ह दिइएको हो ।आज दर्ज्यानी चिन्ह पाएका अधिकृतहरुले अब हुने बिधागत तालिममा सहभागी भएपछि बिभिन्न पद पाउँनेछन् । उनीहरुमध्ये यामबहादुर अधिकारीलाई महासेनानी बनाउने पूर्व सहमति छ । सहमतिअनुसार बासुदेव घिमिरे र पदमबहादुर तामाङले प्रमुख सेनानी पद पाउँनेछन् ।उनीहरुमध्ये १३ जनालाई सेनानी, ३० जनालाई सहसेनानी र २४ जनालाई उपसेनानी पद दिने नेपाली सेनाले जनाएको छ । दज्र्यानी चिन्ह पाएका अधिकृतहरु तीन महिने ब्रिजिङ कोर्समा सहभागी हुने सेनाले जनाएको छ ।कार्यक्रममा उपस्थित अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष एवम् रक्षामन्त्री खिलराज रेग्मीले सेना समायोजन शान्ति प्रक्रियाको महत्वपूर्ण पक्ष भन्दै तालिम सम्पन्न गरेका अधिकृतलाई देश निर्माणमा जुट्न शुभकामना दिए ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top