Hot News
नेपाली जुडोका स्टार खेलाडीहरु एशियन च्याम्पियनसिपका लागि हङकङ आईपुगे, ; राष्ट्रिय जनता पार्टी नेपालको माग सम्बोधन गर्न मधेसमा २२ वटा स्थानीय तहको संख्या बढाउने निर्णय ; नेपाल भलिबल संघले ‘भलिबल’ लाई राष्ट्रिय खेल बनाउने ; ३ महानगर र एक उपमहानगरमा यस्तो छ पछिल्लो अवस्था ; ललितपुर महानगर मेयरमा कांग्रेस विजयी
Home > News > National

प्राधिकरणका २४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

Sunday, 08.25.2013, 10:00pm (GMT+6.5)    | Comment | Print | Tell friend

भदौ ९, काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सफर्मर खरीद प्रक्रियामा अनियमिता गरेको अभियोग लागेका विद्युत प्राधिकरणका उच्च अधिकारीसहित २४ जनाविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार मुद्धा दायर गरेको छ । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवसहित २२ कर्मचारी र २ जना चिनियाँ ठेकेदारविरुद्ध अख्तियारले आज बिशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर भएको बिशेष अदालतका उपसचिव केशव प्रसाद घिमिरेले जानकारी दिनुभयो । न्यून गुणस्तरको विद्युत ट्रान्सफर्मर खरीद गरी करोडौं रकम अनियमितता गरेको अभियोगमा उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम हदैसम्मको कारवाहीको माग सहित मुद्धा दायर गरिएको अख्तियारका एक अधिकारीले जानकारी दिनु भएको छ। अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा प्राधिकरणका कार्यकारी निर्देशक यादवसहित २४ जनालाई अनुसन्धान गर्न भन्दै नियन्त्रणमा लिएको थियो । मुद्धा दायर भएसँगै सार्वजनिक पद धारण गरेका सवै सरकारी कर्मचारी निलम्वनमा परेका छन् ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top