Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > National

२४० वटा निर्वाचन क्षेत्र कायम

Thursday, 08.08.2013, 09:03pm (GMT+6.5)    | Comment | Print | Tell friend

श्रावण २४, काठमाडौ

निर्वाचन क्षेत्र निर्धारण आयोगले संवैधानिक व्यवस्थाबमोजिम २४० वटै निर्वाचन क्षेत्र कायम राख्ने सिफारिस गर्दै सरकारलाई प्रतिवेदन बुझाएको छ । आज मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई बुझाइएको सो प्रतिवेदनमा संवैधानिक सीमा तथा विभिन्न सरोकारवालाको सुझावलाईसमेत समावेश गरिएको आयोगका अध्यक्ष ताहिरअलि अन्सारीले जानकारी दिनु भयो

प्रतिवेदन संवैधानिक व्यवस्थाअनुसार नै तयार पारिएको र अरु विवरण सरकारले नै सार्वजनिक गर्ने उहाँको भनाई थियो।  यसअघि तराई मधेसमा प्रतिनिर्वाचन क्षेत्र एक लाख दुई हजार ४० जनसङ्ख्या र पहाडमा ९४ हजार ३७२ जनसङ्ख्या बराबर एक निर्वाचन क्षेत्र कायम गरिएको थियो ।पहिलो संविधानसभा निर्वाचनमा पहिले कायम भएको २०५ निर्वाचन क्षेत्रलाई कायम गरी देशव्यापी रुपमा ३५ क्षेत्र मात्रै थप गरी २४० क्षेत्र कायम गरिएको थियो ।तराई मधेसमा जनसङ्ख्या बढेको भन्दै निर्वाचन क्षेत्र थप गर्नुपर्नेलगायतका माग तीव्रतररुपमा उठाइएपछि आयोगले पुरानै क्षेत्रलाई कायम राख्ने निर्णय गरेको बताइएको छ । मन्त्रिपरिषद्को गत जेठ ३० गतेको निर्णयानुसार नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५४ क बमोजिम संविधानसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन क्षेत्र निर्धारण गर्न पूर्वन्यायाधीश अन्सारीको अध्यक्षतामा नेत्रप्रसाद धिताल, डम्बर चेम्जोङ, चूडाराज उप्रेती सदस्य तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजुमानसिंह मल्ल सदस्यसचिव रहेको आयोग गठन गरेको थियो ।

आयोगका पहिलेका सदस्य मधुनिधि तिवारीले राजीनामा दिएपछि उनको स्थानमा उप्रेतीलाई सो स्थानमा नियुक्त गरिएको थियो ।समयमै काम नसकिएको भन्दै आयोगको म्याद दुई पटक थप गरिएको थियो । मन्त्रिपरिषद्ले साउन १० गते पहिलो पटक म्याद थप गरेको थियो ।असार ९ गतेदेखि काम सुरु गरेको आधारमा साउन ९ गते म्याद सकिएपछि १० दिन र सो म्याद गुज्रेपछि पुनः साउन १९ गते दोस्रो पटक सात दिनका लागि आयोगको म्याद थप गरिएको थियो ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top