Hot News
सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा
Home > News > National

एसएलसी परीक्षाको नतिजा प्रकाशित ४१.५७ प्रतिशत विद्यार्थी उतिर्ण

Tuesday, 06.11.2013, 07:20pm (GMT+6.5)    | Comment | Print | Tell friend

जेष्ठ २८, भक्तपुर

यस वर्षको  एसएलसी परीक्षाको नतिजा आज प्रकाशित भएकोछ । परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सार्वजनिक गरेको २०६९ सालको नतिजामा नियमिततर्फ ४१.५७ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । नियमिततर्फको यो नतिजा गत वर्षभन्दा ५ दशमलब ५९ प्रतिशतले कम हो । एक्जाम्टेडतर्फ ७ दशमलब ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रक खगराज बरालका अनुसार ५ लाख ११ हजार १ सय ६५  परीक्षार्थी मध्ये १ लाख ७६ हजार २ सय ५३ जना उतिर्णण भएका हुन् । त्यसमा नियमित तर्फ १ सय ६७ हजार ९ सय ३५ अथार्त ४१ दशमलब ५७ प्रतिशत र एक्ज्याम्टेडतर्फ ८ हजार ३ सय १८ जना अथार्त ७ दशमलब ७६ प्रतिशत परीक्षार्थी  उतिर्ण भएका छन् । नियमित तर्फ विशिष्ट श्रेणीमा १६ हजार ९ सय २४, प्रथम श्रेणीमा ७६ हजार १ सय ६५, दोस्रो श्रेणी ६९ हजार ८ सय ३०, तेस्रो श्रेणी ५ हजार १६ जना उतिर्ण भएका छन् ।त्यस्तै एक्जाम्टेडतर्फ १ लाख ७ हजार २ सय २९ मध्ये ८ हजार ३ सय १८ मात्रै उत्तीर्ण भएका छन् । यस वर्ष पनि पाँच नम्बर ग्रेस दिइएको छ । नियन्त्रक बरालका अनुसार ग्रेस दिएर १४ हजार उतिर्ण भएका छन् । गत बर्ष १२ हजार उत्तीर्ण भएका थिए । दुई बिषय लागेर अनुतिर्ण हुनेका लागि साउन २० दृखि २७ गतेसम्म मौका परीक्षा सञ्चालन हुने बरालले जानकारी दिए ।

१० बर्षको नियमित तर्फको नतिजा

 बर्ष          सहभागि    उतिर्ण     प्रतिशत

०६०         १७५४१८    ८१००८    ४६.१८

०६१        २१६३०३    ८३७४७    ३८.७२

०६२        २२५०३२    १०४६५४    ४६.५१

०६३        २७४२१०    १६०८०२    ५८.६४

०६४        ३०७०७८    १९५६८९    ६३.७३

०६५        ३४२६३२    २३४६०२    ६८.४७

०६६        ३८५२२१    २५०२२०    ६४.९५

०६७        ३९६८३३    २२२५६८    ५५.९५

०६८        ४१९०४९    १९७६४१    ४७.१७

०६९        ४०३९३६    १६७९३५    ४१.५७


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top