Hot News
युवा विद्यार्थी अनन्त गुरुङको निबन्ध संग्रह “अ योङग डिस्सिडेन्ट” विमोचित ; चिनियाँ जनमुक्ति सेनाको टोली नेपालमा ; सरकारी वकिल र ट्रेड युनियनले थाले आन्दोलन, कसले गर्छ सरकारको मुद्दामा वहश ? ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो
Home > News > National

जहाज दुर्घटना जाँच आयोग गठन

Thursday, 05.16.2013, 09:41pm (GMT+6.5)    | Comment | Print | Tell friend

जेष्ठ २, काठमाडौं

सरकारले मुस्ताङको जोमसोममा बिहीबार बिहान भएको जहाज दुर्घटना छानबिनका लागि दुर्घटना जाँच आयोग गठन गरेको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साँझ एक विज्ञप्ती जारी गर्दै तीन सदस्यीय आयोग गठन गरेको जानकारी दिएको छ । नेपाल नागरिक उड्डयन प्रधिकरणका पूर्व महानिर्देशक रामप्रसाद न्यौपानेको अध्यक्षतामा गठित आयोगमा तारा एयरका सिनियर पाइलट प्रभाकर घिमिरे, सिनियर एरोनटिकल इन्जियिनर मेघेन्द्रकुमार श्रेष्ठ र नागरिक उड्डयन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने सदस्य छन् ।जहाज दुर्घटनाबारे दुई महिनाभित्र छानविन गरी प्रतिवेदन पेश गर्न गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमहरु, २०२४ को नियम १४ बमोजिम सरकारले दुर्घटना जाँच आयोग गठन गरेको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।पोखराबाट मुस्ताङ्ग जिल्लाको जोमसोम विमानस्थलका लागि उडेको नेपाल वायुसेवा निगमको चार्टर गरिएको नाइन एन-एबीओ, डीएचसी सिक्स टि्वनअटर विमान जोमसोम विमानस्थलमा अवतरण गर्ने बिहान साढे ८ बजे क्रममा धावन मार्गबाट ओभर रन भई कालीगण्डकी नदीमा दुर्घटनाग्रस्त भएको थियो ।विमानमा ८ जना जापानी नागरिक, ११ नेपाली नागरिक तथा तीन चालकदलका सदस्यसहित २२ जना थिए । जहाजकामध्ये ५ जनालाई एयर डाइनेस्टीको हेलिकप्टरबाट पोखरा ल्याइएको मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।पोखरा अस्पतालमा उपाचारत चालक दलका २ जना सदस्यहरुलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याइएको छ । 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top