Hot News
घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो
Home > News > National

राष्ट्रपतिका सल्लाहकारको राजीनामा

Monday, 05.13.2013, 07:38am (GMT+6.5)    | Comment | Print | Tell friend

वैशाख ३०, काठमाडौं

राष्ट्रपति डा. रामवरण यादवका राजनीतिक सल्लाहकार हरि शर्माले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा शाहीकालीन मुख्यसचिव लोकमानसिंह कार्कीको नियुक्ती प्रकरणमा असन्तुष्टि जनाउँदै पदबाट राजिनामा बुझाएका छन् । राजीनामा बुझाए लगत्तै शर्मा मुलुक बाहिर गएका छन् । शर्मा प्रजातन्त्र पुनस्र्थापनालगत्तै निर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका राजनीतिक सल्लाहकार थिए । राजनीतिशास्त्रमा पिएचडी गरेका शर्मा प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद् अध्यक्ष बनाउने निर्णयसँग सन्तुष्ट थिएनन् । स्रोतका अनुसार, त्यतिबेला यो निर्णय शक्ति पृथकीकरणको सिद्धान्तविपरित हुने र यसले मुलुकलाई अहित गर्ने सुझाव दिएका थिए । अख्तियारमा नियुक्ति गरिंदा संविधानको संरक्षक राष्ट्रपतिको पदीय मर्यादाविपरित हुने सुझाव दिएका थिए । संविधानमै उल्लेखित प्रावधानअनुरुप संवैधानिक परिषद्लाई प्रस्ताव फिर्ता गर्नुपर्ने सुझाव दिएका थिए ।राष्ट्रपति यादव शुरुमा कार्कीको सिफारिशको विपक्षमा रहेको, अस्वाभाविक र असहज तवरमा एकाएक सिफारिश अनुमोदन गर्न पुगेपछि सल्लाहकारहरु बढी सशंकित हुन पुगेका हुन् । संवैधानिक निकायमा नियुक्तिको योग्यतामा 'उच्च नैतिक आचरणको कायम भएको' हुनुपर्ने स्पष्ट संबैधानिक ब्यवस्था विपरितको सिफारिस फिर्ता पठाउने पक्षमा शर्मासहितका सल्लाहकारहरुको एक मत थियो । त्यसअतिरिक्त संवैधानिक परिषद्सम्बन्धी कानूनमा सामाजिक प्रतिष्ठा प्राप्त भएको, इमान्दार र जनभावना अनकूल व्यक्तिमात्रै नियुक्त गर्न मिल्ने कानून प्रावधान देखाउँदै फिर्ता गर्न सकिने प्रशस्त आधार पनि सल्लाहकारहरुले देखाएका थिए । कार्कीको नियुक्तिविरुद्ध उभिएका सल्लाहकारहरुलाई पदमा बसिरहन 'नैतिकता'का आधारमा अप्ठ्यारो परेको हो ।शितलनिवास स्रोतका अनुसार पछिल्लो समयमा सल्लाहकारहरु नियमित कार्यालय जान समेत छोडेका छन् । राजिनामा बुझाउन अघिदेखि नै शर्माले निस्कृय रहेर पदत्यागको जनाउ दिएका थिए । अन्य दुई सल्लाहकारले औपचारिक निर्णय नगरेपनि शितल निवासको उपस्थिति पातलिएको ती अधिकारीले बताए । शर्माको राजीनामाबारे राखिएको जिज्ञासामा प्रेस सल्लाहकार दाहालले आइतबार आफू राजधानी बाहिर रहेको र त्यस सम्बन्धमा जानकारी नभएको बताए ।

 




Hot News

 

SEARCH

Newsletter

Top