Hot News
सङ्गीतकार दिव्य खालिङको ११ औं स्मृति कार्यक्रम ; ओखलढुंगा एकता सेवा समाज मलेशियाको दोस्रो अधिवेशन सम्पन्न ; साढे ५ वर्षपछि चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने भारतबाट पक्राउ ; फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु
Home > News > National

निर्वाचनका लागि १४ अर्ब बजेट बिनियोजन

Tuesday, 04.09.2013, 11:15pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैत्र २७, काठमाडौ

अन्तरिम चुनावी मन्त्रिपरिषद्ले मंगलबार चालू आर्थिक बर्षको पूर्ण बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले खर्ब अर्ब ५७ करोडको बजेटको सार्वनिक गर्नु भएको छ।बजेटमा चालू खर्चतर्फ २ खर्ब ७९ करोड अर्थात् ६८ प्रतिशत र पूजीगत खर्चतर्फ ६६ अर्ब अर्थात् १६ प्रतिशत रकम बिनियोजन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित राष्ट्रिय विकास परिषद्को हलबाट बजेट सार्वजनिक गरिएको थियो।यो सरकारको मुख्य कार्य चुनाव गराउनुभएकाले बजेट निर्वाचन, शान्ति सुरक्षा र महत्वपूर्ण भौतिक आयोजनामा मात्रै केन्द्रीत भएको अर्थमन्त्रीकोइरालाले जानकारी दिनु भयो । उहाँले बजेट का लागि राजश्वसबाट २ खर्ब ८९ अर्ब संकलन हुने र बैदेशिक अनुदानबाट ४६ अर्ब ९८ करोड प्राप्त हुने अनुमान सार्वजनिक गर्नु भएको छ । बाँकी बजेट बैदेशिक र आन्तरिक ऋणबाट व्यबस्था गर्ने सरकारको तयारी छ । बजेट मार्फत् निर्वाचनका लागि ६ अर्ब र निर्वाचन सुरक्षाका लागि ८ अर्ब बिनियोजन गरिएको छ ।बजेट ले अपरिहार्य आयोजनामा लगानी गर्ने, बिद्युत बिस्तानमा लगानी गर्ने, पर्यटकीय पूर्वाधारमा लगानी बढाउने र राजश्व प्रशासनलाई चुस्त दुरुस्त पोर्ने नीति समेत लिएको छ ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top