Hot News
नेपालमा लगानीको अवसर बारे अन्तक्र्रिया ; भरतपुरमा च्यातिएका मत मतपत्र आज सर्वोच्च अदालतमा ; काठमाडौंमा फोहरबाट १४ किलोवाट बिजुली उत्पादन ; चुम्लुङ हिम खरिद सहयोगार्थ याक्थुम स्वर्णिम साँझ–४ सम्पन्न ; धनगढीमा आफैले बोकेको बम विस्फोट हुँदाएक जनाको ज्यान गएको छ
Home > News > National

भोलिको बन्द फिर्ता लिन सरकारको आहृवान

Saturday, 04.06.2013, 10:53pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैत्र २४, काठमाडौ

२५ बुँदे बाधा अड्काउ फुकाउ आदेश र त्यस आधारमा बनेको चुनावी सरकार खारेजको माग गर्दै नेकपा-माओवादीसहित ३३ दलले आइतबार नेपाल बन्द आह्वान गरेको छ।सरकारले भने बन्द फिर्ता लिई वार्तामा आउन आन्दोलनकारी राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।आज सरकारले आज एक विज्ञप्तिमा जारी गरेको छ ।सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माधव पौडेलद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ, 'केही आन्दोलनकारी राजनीतिक दलहरूको मोर्चाले आह्वान गरेको बन्दको कार्यक्रमप्रति नेपाल सरकारको ध्यानाकृष्ट भएको छ, २५ गते हुने भनिएको नेपाल बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिन सरकार आन्दोलनकारी मोर्चा तथा त्यसका सम्पूर्ण घटकहरूलाई हार्दिक आह्वान गर्दछ ।'विज्ञप्तिमा संविधानसभाको चुनाव जतिसक्दो चाँडो गर्न सरकार जुटिरहेको र त्यसको तयारीमा अहोरात्र खटिरहेकाले संवाद, छलफल र परामर्शका माध्यमबाट समस्या समाधान गर्न खुल्ला रहेको उल्लेख छ । सरकार र उच्चस्तरीय राजनीतिक समितिले वार्तामा बोलाए पनि आन्दोलनकारी दलहरूले राष्ट्रपतिबाहेक अरू कसैसँग वार्ता नगर्ने अडान लिएका छन् ।सरकारले बन्द फिर्ता लिन आहृवान गरे पनि माओवादीले अस्वीकार गरेको छ । बन्दको पूर्वसन्ध्यामा राजधानीमा शनिबार भएको आमसभामा माओवादी नेताहरुले बन्द सफल बनाउन उर्दी गरे । उनीहरुले चोक चोकमा उभिएर बन्दमा कडाई गर्न अपील गरेका हुन् ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top