Hot News
पहिरोले गर्दा बिपी राजमार्ग अवरुद्ध ; गोदावारी मा जमे पाचँथरे ; कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिराहामा ; निर्वाचन मिति घोषणा अघि संविधान संशोधन हुनुपर्छ : मधेशी मोर्चा ; पहिलो पटक निर्वाचन दिवस मनाउदै सरकार
Home > News > National

समानुपातिक सिट संख्या घटाइएको विरोधमा जनजातिको ज्ञापनपत्र

Monday, 04.01.2013, 06:22pm (GMT+6.5)    | Comment | Print | Tell friend

 

चैत्र १९, काठमाडौं

संविधासभा निर्वाचनमा समानुपातिक प्रतिनिधितर्फको सिट संख्या घटाउने सहमति गरेका राजनीतिक दलहरुलाई खवरदारी गर्दै नेपाल आदिवासी जनजाति महासंघ सहित विभिन्न जातिय संस्थाहरुले प्रमुख चार दललाई ज्ञापनपत्र बुझाएका छन् ।आज र्‍यालीसहित चारै दलको कार्यालयमा पुगि ज्ञापन पत्र बुझाएका हुन् ।महासंघ नेतृत्वमा रहेको टोलीले एमाओवादी, कांग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको कार्यालय पुगि ज्ञापनपत्र बुझाएका हुन् । त्यसअघि महासंघ सम्बद्ध विभिन्न जातीय संघसंस्थाको र्‍याली निकालिएको थियो ।ज्ञापनपत्र बुझाउँदै महासंघका अध्यक्ष राजकुमार लेखीले भन्नु यो ‘हामी समानुपातिक सिट संख्या घटाउने निर्णयको घोर विरोध गर्दछौ, त्यसकै खवरदारीका लागि आज ज्ञापनपत्र बुझाएका छौं, हाम्रो खवरदारीलाई बेवास्ता गरे सबै राजनितीक दलहरुले पछुताउनु पर्ने छ ।' उहाँले समानुपातिकतर्फको सिट संख्या घटाउने निर्णयको समर्थक गर्ने सबै दलहरुको बिरोधमा उत्रने चेतावनी समेत दिनु भएको थियो ।यस अघि तत्कालीन प्रधानन्यायाधिस खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन भएसँगै राजनितिक दलहरुले समानुपातिकतर्फको सिट संख्या घटाउने सहमति भएको थियो ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top