Hot News
मत गणना सुरू, कहा कति खसेत मत ? ; दोस्रो चरणको निर्वाचन शान्तपूर्णरुपमा सम्पन्न, ७०. ५ प्रतिशत मतदान: आयोग ; मतदान केन्द्रनजिकै बम विष्फोट मतदान पुनः चालू ; मतपेटिकामा एसिड हालिएपछि रोल्पाको भनभनेमा मतदान स्थगित ; मतदानमा दुर्इ जनाको निधन
Home > News > National

राष्ट्रपतिले संवैधानिक परिषद्‌मा पत्र पठाए

Friday, 03.22.2013, 08:47pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैचैत ९, काठमाडौं

राष्ट्रपति डा.रामवरण यादवले निर्वाचन आयोगका निर्वतमान पदाधिकारीलाई पुनः नियुक्ति गर्नु संविधान अनुसार नहुने संकेत गर्दै संवैधानिक परिषद्लाई पत्र लेख्नु भएको छ । राष्ट्रपति कार्यलय आज निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त नियुक्त सिफारिसप्रति प्रश्न उठाउँदै संविधान अनुसार नियुक्ति गर्न मिल्न/नमिल्ने जानकारी मागेको हो ।अन्तरिम संविधानले प्रमुख निर्वाचन आयुक्त र आयुक्त भइसकेको व्यक्तिलाई अन्य सरकारी सेवा नियुक्त गर्न नमिल्ने उल्लेख रहेको भन्दै राष्ट्रपति कार्यालयले त्यस विषयमा परिषद्सँग प्रश्न गरेको छ।राष्ट्रपति कार्यालयले प्रमुख निर्वाचन आयुक्तमा निलकण्ठ उप्रेती र आयुक्तहरुमा दोलखबहादुर गुरुङ, अयोधीप्रसाद यादवलाई पुनः नियुक्त संविधान संवत हुने नहुने जानकारी गराउन परिषद्लाई आग्रह गरिएको छ। उप्रेती, गुरुङ र यादव तीनै जनालाई यसअघि निर्वाचन आयोगकै आयुक्तमा छ वर्षै कार्यकाल पुरा गरिसकेका छन्। अन्तरिम संविधानको आधार १२८को उपधार ७ ले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्त हुन नसक्ने उल्लेख पत्रमा भनिएको छ। छ वर्षे पदावधि पुरा गरेका प्रमुख आयुक्त र आयुक्त कुनै पनि सरकारी पदमा ग्राह्य नहुने उल्लेख छ ।तत्कालिन प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजीनामा दिएपछि उप्रेती कार्यबाहक प्रमुख भएका हुन। छ महिनापहिले उप्रेतीको पदावधि सकिएपछि गुरुङ कार्यबाहक बनेका थिए। गुरुङ र अर्का आयुक्त यादवको पनि तीन महिनाअघि पदावधि सकिएको थियो।त्यसअघि बुधबार बसेको उच्चस्तरिय राजनीतिक समितिको बैठकले दुई नयाँ सहित तीन पुराना आयुक्तलाई नियुक्तिका लागि सरकारलाई सिफारिस गरेको थियो।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top