Hot News
हङकङ समुद्रमा खसेका एक नेपालीको मृत्यु एक अझै बेपत्त ; हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई
Home > News > National

न्यायालयमा रेग्मीको छायाँसमेत पर्दैन : कामु प्रधानन्यायाधीश शर्मा

Friday, 03.15.2013, 10:52pm (GMT+6.5)    | Comment | Print | Tell friend

चैत्र २, भक्तपुर

कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुँदैमा न्यायालयमा यसको कुनै असर नपर्ने बताएका छन्। उनले भने, 'तपाईँहरु ढुक्क हुनुहोस्, रेग्मी सिंहदरवारमा बसेपनि उहाँको सर्वोच्च अदालतमा उपस्थिति त परै जाओस्, छायाँसमेत पर्दैन।'देशको बाध्यात्मक परिस्थितिले नै रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाउनुपरेको प्रष्ट पार्दै उनले रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष भएकोमा नेपाल बार एसोसिएसनले गरेको विरोधप्रति लक्षित गर्दै रेग्मीमाथि कुनै पनि शङ्का नगर्न आग्रह गरे। 
न्यायपालिका आफैंमा स्वतन्त्र र निष्पक्ष संस्था भएकाले प्रधानन्यायाधीशले तोक लगाएर स्वतन्त्र न्यायपालिका माथि अवरोध खडा गर्न नसक्ने भन्दै उनले भने, 'न्यायालयको मनोबल गिर्ने काम कसैले पनि गर्नुहुँदैन।'

नेपाल बार एसोसिएसन भक्तपुरले आयोजना गरेको वरिष्ठ अधिवक्ताको उपाधि पाएकाका लागि आयोजित सम्मान कार्यक्रममा बोल्दै आफूले पञ्चायतकालदेखि न्याय सम्पादनको काम गर्दै आएको स्मरण गर्दै शर्माले न्याय सम्पादनमा कहिल्यै पनि कुनै निकायबाट हस्तक्षेप नभएको स्पष्ट पारे। कार्यक्रममा वरिष्ठ अधिवक्ता वेदप्रसाद सिवाकोटी, बाबुराज जोशी, भक्तपुरका जिल्ला न्यायाधीश रामप्रसाद ओलीलगायतले न्यायपालिका स्वतन्त्र र पवित्र भएकाले कसैले पनि न्यायपालिकामा आँच पुग्ने काम गर्न नहुनेमा जोड दिए। कार्यक्रममा ३५ जना वरिष्ठ अधिवक्तालाई खादा, दोसल्ला र भादगाउँले टोपी लगाएर सम्मान गरिएको गरिएको थियो। 


रासस

Hot News

 

SEARCH

Newsletter

Top