Hot News
सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता ; प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन अमेरिकामा ; सुम्निमा कलेक्सनले दोस्रो बिक्रिकेन्द्र उदघाटन गरे ।
Home > News > National

प्रमुख दलहरु बीच सहमति पत्रमा हस्ताक्षर

Wednesday, 03.13.2013, 10:55pm (GMT+6.5)    | Comment | Print | Tell friend

फाल्गुन ३०, काठमाडौ 

राजनीतिक सहमतिको दस्तावेजमा भर्खरै शीर्ष नेताहरुले हस्ताक्षर गरेका छन् । बाधा फुकाएसँगै प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको छ ।रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिने बिषयमा सहमति जुटाउन एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुको वैठक बिहानदेखि सुरु भएको थियो ।मुख्य चार राजनीतिक दलवीच लडाकूको दर्जा, सत्य निरुपण तथा मेलमिलाप आयोग र बाधा अडकाउ फुकाउ लगायतका सवै बिषयमा सहमति जुटेपछि सेना समायोजन बिशेष समितिको कार्यालय नयाँ बानेश्वरमा बसेको वैठकमा माओवादी लडाकूलाई एक कर्णेल र दुई लेफ्टीनेन्ट कर्णेल दिने सहमति भएको । मन्त्रिपरिषद् वैठकले बाधा अडकाउ फुकाउसम्बन्धी प्रस्ताव अनुमोदन गरि स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाउने छ । 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top