Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > National

प्रमुख चार दल सहमत

Sunday, 03.10.2013, 10:14pm (GMT+6.5)    | Comment | Print | Tell friend

फाल्गुन २७, काठमाडौ

प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाउन आइपर्ने संवैधानिक बाधा अड्चन फुकाउने विषयमा प्रमुख चार दल सहमत भएका छन् । प्याकेजमा सहमति गर्ने प्रयासमा रहेका दलहरु त्यसमा सफल नभएपछि सरकार निर्माणका लागि बाधा अड्काउ फुकाउने विषयमा भने सहमत भएका छन् । नेपाली सेनामा पूर्व लडाकुको दर्जाका, नागरिकता, मतदाता नामावली, पूर्व लडाकुको सेनामा दर्जा, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी अध्यादेश लगायतका प्रमुख विषय मिलाउन लगातार तीन साताभन्दा बढी समयदेखि चार दल बैठक तथा छलफलमा जुटेपनि सहमति हुन सकेको छैन ।'आजको बैठकमा सरकार निर्माणका लागि संवैधानिक बाधा अड्चन फुकाउने विषयमा सहमति भयो,' बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भन्नु भयो । उहाँले अन्य विषयहरुमा कुरा मिल्न बाँकी रहेपनि सरकार निर्माणका विषयमा भने दलहरुबीच सहमति भएको बताउनु भयो । आयोग सम्बन्धी अध्यादेशको अन्तिम मस्यौदा लेख्नका लागि आजको बैठकले खिमलाल देवकोटा, रमेश लेखक, जीतेन्द्र देव र अग्नी खरेल रहेको समिति बनेको छ । उक्त समितिलाई भोलि-सोमबार) बिहान ९ बजेसम्म मस्यौदालाई अन्तिम रुप दिन जिम्मेवारी दिइएको छ ।दर्जा निर्धारणको विषयमा शीर्ष तहमा छलफल गरी टुंग्याउने आजको बैठकमा सहमति भएको एमाले नेता रघुजी पन्तले बताउनु भयो । 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top