Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > National

पेट्रोलियम नबेच्ने चेतावनी

Sunday, 03.03.2013, 08:44pm (GMT+6.5)    | Comment | Print | Tell friend

फाल्गुन २०, काठमाडौं

आफूहरूको मागलाई सरकारले बेवास्ता गरेको भन्दै नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले भोलिदेखि सरकारसँग पेट्रोलियम पदार्थ खरिद नगर्ने चेतावनी दिएको छ ।एसोसिएसनले पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्नुपर्ने, चन्दा बन्द गर्नुपर्ने, मजदुरहरू समस्या र बढ्दो बैंक व्याजदरलाई सम्बोधन गर्नुपर्नेलगायतका मागहरू सरकारले सम्बोधन नगरिएको बताएको छ । एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले राज्य र व्यवसायीबीच भएका सम्झौता कार्यान्वयनमा नआएकाले कारोबार बन्द गर्नुपर्ने अवस्था आएको राससलाई जानकारी दिए । उनले भोलिदेखि पेट्रोलियम पदार्थको खरिद नगर्ने र केही दिनभित्र पूर्ण रूपमा कारोबार बन्द गर्ने जानकारी प्रधानमन्त्री कार्यालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई दिएको बताए । एसोसिएसनका अनुसार देशभर दुई हजार २०० पेट्रोल पम्प सञ्चालन रहेका छन् ।


रासस

Hot News

 

SEARCH

Newsletter

Top