Hot News
सङ्गीतकार दिव्य खालिङको ११ औं स्मृति कार्यक्रम ; ओखलढुंगा एकता सेवा समाज मलेशियाको दोस्रो अधिवेशन सम्पन्न ; साढे ५ वर्षपछि चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने भारतबाट पक्राउ ; फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु
Home > News > National

दलहरुले प्रधानन्यायाधीशलाई भोलि सोमबारसम्म पर्खने

Sunday, 02.24.2013, 08:31pm (GMT+6.5)    | Comment | Print | Tell friend

फाल्गुन ६, काठमाडौ

प्रमुख चार दलले चुनावी सरकारको नेतृत्व लिने-नलिनेबारे अणिर्नित प्रधानन्यायाधीश खिलराज रेग्मीलाई भोलि सोमबारसम्म पर्खने भएका छन् ।प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने बिषयमा छलफलका लागि सबेको शिर्ष चार दलको बैठक सकिएको छ । बैठकले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व गर्न पुनः आग्रह गर्ने निर्णय गरेको छ ।बानेश्वरस्थित सेना समायोजन बिशेष समितिको सचिवालयमा बसेको बैठकले प्रधानमन्त्री बाबुराम डा.भट्टराईलाई रेग्मीलाई चुनावी सरकारको नेतृत्वका लागि मनाउने जिम्मा दिएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताउनु भएको छ । साथै प्रमुख चार दलका शीर्ष नेताहरुको प्रधानन्यायाधीश रेग्मीसँग निणर्यक वार्ता गर्ने जिम्मा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई दिएको छ । बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भन्नुभयो-सरकारको नेतृत्व गर्ने नगर्नेबारे प्रधानन्यायाधीशले प्रष्ट जवाफ दिनुभएको छैन । भोलिसम्म उहाँलाई मनाउने प्रयास हुन्छ । यसको जिम्मा हामीले प्रधानमन्त्रीलाई दिएका छौं ।पौडेलले भोलिसम्म चुनावी सरकारको विषयमा टुंगो लाग्ने वताउनुभयो । रेग्मीसँगको छलफलपछि भोलि दिउँसो ३ बजे बस्ने प्रमुख चार दलको बैठकले आवश्यक निर्णय लिनेछ ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top