Hot News
ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजना बनाउन गैरआवासीय नेपाली संघले सघाउने ; धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी ; नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने ; सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन
Home > News > National

जटिलता मिलाउन कार्यदललाई जिम्मा

Saturday, 02.23.2013, 11:13pm (GMT+6.5)    | Comment | Print | Tell friend

फाल्गुन १२, काठमाडौ

चार दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनका प्रक्रियामा देखिएको कानुनी र संवैधानिक जटिलताका विषय मिलाउने जिम्मा कार्यदललाई दिएको छ । बानेश्वरस्थित सेना समायोजन विशेष समितिको कार्यालयमा शनिबार बसेको बैठकले सहमति गर्न बाँकी विषय टुंग्याउन यसअघि गठित कार्यदललाई नै जिम्मा दिएको हो । आइतबारसम्म सबै विषयहरुको टुंगो लगाउन नेताहरु सहमत भएका छन् । कार्यदलले आज दिनभर छलफल गरेर सहमतिको खाका तयार गरेपछि फेरि बैठक बस्ने एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनु भयो ।  आज नै कार्यदलले सहमतिको मस्यौदालाई अन्तिम रुप दिएर भोलि बिहान शीर्ष नेताहरु सहितको बैठकबाट त्यसलाई टुंग्याउने सहमति भएको श्रेष्ठले जानकारी दिनु भयो । यसैबीच चारदलको बैठक अगाडि भारतीय राजदूत जयन्तप्रसादले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष एंव प्रधानमन्त्री बाबुराम भट्टराईसंग दाहाल निवास लाजिम्पाटमा भेटे वार्ता भएको छ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top