Hot News
यस वर्षको 'राष्ट्रिय स्रष्टा सम्मान २०७३’ बरिष्ठ गीतकार राजेन्द्र थापालार्इ ; हङकङमा निशुल्क स्वस्थ शिबिर मार्फत नेपालका बाढी पिडितलाई सहयोग जुटाउने ; नयाँ शक्ति ध्रुवीकरणमा देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ ; क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण
Home > News > National

पूर्व युवराज पारसको अवस्था अत्यन्तै नाजुक

Saturday, 02.23.2013, 10:59pm (GMT+6.5)    | Comment | Print | Tell friend

फाल्गुन १२

विभिन्न संचार माध्यमका अनुसार बैंककमा उपचाररत पूर्वयुवराज पारस शाहको पेटबाट रगत बग्न थालेको चिकित्सकहरूले शनिबार जनाएका छन् । उपचारमा संलग्न चार चिकित्सकले जारी गरेको विज्ञप्तिमा रगत बग्न थालेपछि इन्डोस्कोपी गरिएको र थप उपचार भइरहेको जनाइएको छ । स्वास्थ्यस्थिति शुक्रबारजस्तै निकै गम्भीर भएको पनि विज्ञप्तिमा उल्लेख छ ।शरीरको तापक्रम सामान्य अवस्थामा नआउूदा एमआरआई गर्न ढिलाइ भइरहेको छ । उनको शरीरको तापक्रम सामान्य बनाउन चिकित्सकहरूले शुक्रबारदेखि गरेको प्रयास अझै सफल भएको छैन । चिकित्सकहरूले शुक्रबार बिहानदेखि नै 'हाइपोथर्मिया विधि' बाट उपचार गरिरहेका छन् ।चिकित्सकका अनुसार एमआरआई गर्न सामान्यतः ३६ डिग्री सेल्सियसदेखि ३८ डिग्री सेल्सियससम्म तापक्रम हुनुपर्छ । तर शाहको करिब ३२ डिग्री सेल्सियसको हाराहारीमा देखिएको स्रोतले जनायो । दोस्रो पटक हृदयाघातबाट ग्रस्त पारस पाँच दिनयता अचेत छन् । उनले भेन्टिलेटरको सहायताले श्वासप्रश्वास गरिरहेका छन् ।गम्भीर अवस्थाका पारसलाई पत्नी हिमानीले गएराति नै भेटेकी छन् । उनले सो क्रममा पतिको स्वास्थ्यस्थितिबारे उपचारमा संलग्न चिकित्सकहरूसूग कुराकानी गरेकी थिइन् । शुक्रबारयता अस्पतालले सीसीयूमा उपचाररत पारसलाई भेट्न डा. राजीव शाही र शाहकी पत्नी हिमानीबाहेक अरूलाई अनुमति दिएको छैन 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top