Hot News
बेलायतमा आदिबासी महिलाले मनाए नारी दिवस ; समानुपातिक प्रतिनिधित्वका लागि तीन प्रतिशत 'थ्रेस होल्ड' एक सिट जित्नै पर्ने ; डीआईजीमा चन्दको बढुवा बदर ; कार दुर्घटनामा हङकङबासी विष्णु कुमार लिम्बुको मृत्यु ; युनाइटेड क्लबको ३३ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न
Home > News > National

नेपाल बार एसोसिएसनले आन्दोलन गर्ने चेतावनी

Friday, 02.22.2013, 10:33pm (GMT+6.5)    | Comment | Print | Tell friend

फाल्गुन ११, काठमाडौं

प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाए देशव्यापी आन्दोलन गर्ने नेपाल बार एसोसिएसनले चेतावनी दिएको ।प्रधानमन्त्री  डा. बाबुराम भट्टराई सहित प्रमुख चार दलका नेताहरुसँगको भेटपछि बारका अध्यक्ष हरिकृष्ण कार्कीले आन्दोलन गर्ने चेतावनी दिनु भएको हो । सिंहदरवारमा भएको भेटपछि अध्यक्ष कार्कीले भन्नु भयो  'यो निर्णय संविधानवादका सिद्धान्तविपरीत ,प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाए हाम्रा ८६ वटा बार ईकाईहरुमा समेत छलफल गरेर नयाँ आन्दोलनका कार्यक्रम ल्याउनेबारेमा हामी छिट्टै निष्कर्षमा पुग्छौं ' प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रयासमा रहेका एमाओवादी, कांग्रेस, एमाले मधेसी मोर्चाले कानुनी बाधा अड्चनका विषयमा कानुन क्षेत्रका व्यक्तिहरुसँग सुझाव लिइरहेका छन् कानुन व्यवसायीसँगको बिहीबारको भेटमा बार पदाधिकारी नआएपछि शुक्रबार छुट्टै परामर्श लिइएको हो


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top