Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > National

प्रधानन्यायाधीसको नेतृत्वमा सहमत जेठ २२ गते चुनाव

Monday, 02.18.2013, 11:28pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, फाल्गुन ७

अन्तत दलहरू प्रधानन्यायाधीसको नेतृत्वमा अन्तिरम मन्त्रिपरिषद् गठनका लागि सहमत भएका छन् । तर अझैँ माओवादी र मधेसी मोर्चाका तर्फबाट शान्ति प्रकृया र मतदाता नामावलीको बिषयलाई पनि टुङ्ग्याउनु पर्ने बताएपछि लिखित सहमति भने हुन सकेन । बैठकबाट बाहिरिएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुबीच उक्त सहमति भएको बताउनु भएको थियो । माओवादी र मधेसी मोर्चाले शान्ति प्रक्रिया र मतदाता नामावलीको विषय पनि टुङ्गो लगाउनु पर्ने भएपछि लिखित सहमति हुन नसकेको कांग्रेस नेता विमलेन्द्र निधी जानकारी दिनु भयो। 'दुई बिषय बाहेक अरु बिषयहरुमा सहमति भएको छ' उनले भने- 'भोली ३ बजे बसेर शीर्ष नेताहरुले टुङ्ग्याउनु हुनेछ।' शीर्ष नेताहरू चार दलीय संयन्त्रले दिएको सुझावअनुसार २०७० साल जेठ २२ गते चुनाव गर्न पनि सहमत भएका छन्।प्रधान न्यायाधीश नेतृत्वको मन्त्रिपरिषद ११ सदस्य बनाउन पनि शीर्ष नेताहरु समत भएका छन्। राजनीतिक कार्यदलले पेश गरेका अधिकांश सुझावहरुमा दलहरुबीच सहमति जुटे पनि माओवादीले सेनामा समायोजन भएका लडाकूहरुको दर्जा र पदको मिलान अहिलै गर्नुपर्ने बताएपछि आज लिखित सहमति हुन नसकेको हो। मधेसवादी दलहरुले नागरिकता वितरण गरिनुपर्ने माग उठाएका थिए।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top